News & Events

Image

सहकारीमा सूचनाको हकसम्बन्धि अन्तक्रिया

राष्ट्रिय सहकारी महासंघको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा संचालन भएको सहकारीमा सूचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख आयुक्त बास्कोटाले सूचनाको हक र सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले सूचनाको हक सम्बन्धीेत ऐन कार्यानवयनमा सरकारको भूमिका विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
महासंघका अध्यक्ष बडालले सूचनाको हक सहकारीको सिद्धान्तसँग जोडिएको विषय भएको र लोकतन्त्रलाई बलियो बनाउनका लागि सूचनाको हकको महत्व रहेको बताउनुभयो । उहाँले सहकारी संघ÷संस्थाले आफ्नो सदस्यहरुलाई सूचना दिएको खण्डमा ती सहकारीहरु कहिल्यै पनि समस्यामा नपर्ने बताउनुभयो । त्यसैगरि महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी सदस्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । महासंघका लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारीमा सूचनाको हकको महत्वबोध गराउनुभएको थियो । कार्यक्रममा महासंघका संचालक टिका बुढाथोकी, जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, केन्द्रीय उपभोत्ता सहकारी संघका अध्यक्ष दीपक पौडेल, महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक बाबुल खनाललगायतको उपस्थिति थियो ।

share this post: