News & Events

Image

पाठ्क्रयम अध्ययन गर्न भारत जाने टोलीको विदाई

विद्यालय र विश्वविद्यालयमा सहकारीको पाठ्क्रम तयारी गर्ने उद्देश्यले भारतको अध्ययन भ्रमणमा जाने टोलीलाई आइतबार राष्ट्रिय सहकारी महासंघले विदाई गरेको छ । महासंघका अध्यक्ष केशव बडालले सो टोलीको विदाई गर्नुभएको थियो । सो अध्ययन टोलीको नेतृत्व राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले गर्नुभएको छ । सो टोलीमा त्रिभुवन विश्वविद्यालयकाो व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्ली राज शर्मा, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विकास अधिकृत खिलानाथ धमला, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप सचिव दीपक खड्का रहनुभएको छ ।
सो टोली सोमबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । सोमबार नै आइसीए एपीसँग अन्तक्रिया गर्ने कार्यक्रम छ । २१ मेमा अध्ययन टोलीले भारतीय राष्ट्रिय सहकारी संघको उच्च अफिसरहरुसँग सहकारी पाठ्यक्रम विकास र सहकारीको औपचारिक शिक्षाको विषयमा छलफल हुने कार्यक्रममा छ ।
त्यसैगरि २२ मेमा नेपालको अध्ययन टोलीले मैसुर विश्वविद्यालयको अर्थशास्त्र विभाग र भाइस चान्सलर प्रो जि हेमंथा कुमार र रजिष्ट्रार लिंगराज गान्धीसँग सहकार्य र पाठ्यक्रमका विषयमा अन्तक्रिया गर्ने कार्यक्रम छ । यो विश्वविद्यालय सन् १९१६ मा स्थापना भएको हो । भारतको छैटौ पुरानो र कर्नाटाकाको पहिलो विश्वविद्यालय हो ।
कर्नाटक स्टेट रुरल डेभलपमेन्ट तथा पंचायत राज विश्वविद्यालयको भ्रमण गर्ने र पाठ्क्रमका विषयमा अन्तक्रिया गर्ने कार्यक्रम २३ मेमा रहेको महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो । सोहि दिन नेपाली अध्ययन टोलीलले भारतको नयाँ पीढी सहकराी समितिको पहिलो शिर्षस्थ निकाय कर्नाटक स्टेट साहरदा फेडरल कोअपरेटिभको भ्रमण गर्ने कायृक्रम छ । सो संघले सहकारीको डिप्लोमा कोर्ष अध्यापन गराउँदै आएको छ । त्यसैगरि सोहि दिन रिजनल इन्स्टिच्यूट अफ कोअपरेटिभ म्यानेजमेन्टको भ्रमण गर्ने कार्यक्रम छ । भारतको कृषि तथा किसान कल्याण मन्त्राललय प्रवर्दन गरेको सो संस्थाले छोटो तथा लामो समयको ट्रेनिङ्गहरु संचालन गर्ने गर्दछ । यसरी उच्चस्तरीय सो टोली २४ मेमा स्वदेश फर्केन कार्यक्रम छ ।
सो टोलीलाई विदाई गर्दै महासंघका अध्यक्ष बडालले यो भ्रमणपछि नेपालमा सहकारीको पाठ्यक्रम निर्माण गर्न सजिलो हुने बताउनुभयो । महासंघका उपाध्यक्ष ओमदेवी मल्ले भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो । प्रा.डा.डिल्लीराज शर्माले सहकारीको कोर्ष तयार गर्न विषयमा त्रिभुवन विश्वविद्यालय सकारात्मक रहेको बताउनुभयो । पाठ्यक्रम किवास केन्द्रका धमलालले सहकारीको पाठ्यक्रम आवश्यक भैसकेको बताउनुभयो ।मन्त्रालयका सहसचिव दीपक खड्काले यसले नेपालको सहकारी विकासमा योगदान दिने बताउनुभयो । महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले भ्रमणको उद्देश्य र कार्यक्रमरे प्रष्ट पार्नुभएको थियो । विदाई कार्यक्रममा महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, कार्यक्रम अधिकृत सुरेश थापाको उपस्थिति थियो ।

share this post: