News & Events

Image

आइसीए ग्लोबल बोर्ड बैठक नेपालमा हुने

विश्व सहकारी अभियानको शिर्षस्थ निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को ग्लोबल बोर्ड बैठक नेपालमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले नेपालमा आइसीएको बैठक तय भएको स्विजरल्यान्डको जेनेभाबाट जानकारी गराउनुभएको छ । उहाँ जेनेभामा भएको आइसीएको बोर्ड बैठकमा सहभागी हुने त्यहाँ जानुभएको थियो । नेपालमा सन् २०२१ को मार्चमा आइसीएको ग्लाबेल बोर्ड बैठक हुने जेनेभामा बसेको बोर्डले निर्णय गरेको मल्लले बताउनुभयो । उहाँले नेपालमा यो बैठक हुनु सम्पूर्ण नेपालको सहकारी अभियानका लागि गर्वको विषय भएको बताउनुभयो ।

share this post: