News & Events

Image

व्यवसायीक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

राष्ट्रिय सहकारी महासंघको व्यवसायीक योजना तर्जुमा दुई दिने कार्यशाला गोष्ठी २०७६ असार १८ गते सम्पन्न भएको छ । धुलिखेलमा भएको सो वर्कशपमा राष्ट्रिय सहकारी महासंघको वर्तमान अवस्था तर भावी योजनाको विषयमा छलफल भएको थियो । गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले गर्नुभएको थियो । आसर १७ गतेबाट शुरु भएको सो गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका पदाधिकारी, संचालक, लेखा समिति तथा कर्मचारीको उपस्थिति थियो । कार्यशालाको सहजीकरण जनक शाहले गर्नुभएको थियो । सो गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले राष्ट्रिय सहकारी महासंघको वर्तमान अवस्था र तथा भावि योजनाको विषयमा प्रस्तुती गर्नुभएको थियो ।

share this post: