News & Events

Image

श्रमिक सहकारी प्रवद्र्धन सम्बन्धी पूर्व सहकारी शिक्षा तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघको आयोजनामा श्रमिक सहकारी प्रवद्र्धन सम्बन्धी पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । सहकारी विभागको सहयोगमा भएको सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दैै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको जन्म श्रमिक सहकारीको तहबाट भएको बताउनुभयो । उहाँले श्रमिक सहकारीको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले श्रमिक जनताप्रति आदरभाव प्रकट गर्नुपर्ने बताउँदै सहकारीले सबैको सम्मान गर्न सिकाउनु बताउनुभयो ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी दर्ता गरेपछि संचालन प्रक्रियाको विषयमा जानकारी गराउनुभएको थियो । सहकारी मूल्य मान्यता र सिद्धान्तबारे काठमाडौं महानगरपालीका सहकारी विभागका प्रमुख नभराज ढकालले प्रस्तुती गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यमाथि महासंघका नायव महाप्रबन्धक बाबुल खनालले प्रकाश पार्नुभएको थियो 

share this post: