News & Events

Image

बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालीम शुरु

राष्ट्रिय सहकारी महासंघको आयोजनामा बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी दुई दिवसिय तालिम २०७६ साउन ८ गते बुधबारबाट शुरु भएको छ । सो तालिमको डिजिटल डिस्प्लेमार्फत उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी सामाजिक व्यवसाय भएको बताउनुभयो । ‘सहकारी सामाजिक न्याय र उत्पादनमा केन्द्रित भई गरिने व्यवसाय हो,’ उहाँले भन्नुभयो । उहाँले समृद्ध मुलुक निर्माणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि सघ÷संस्थाको विकासका लागि मानव क्षमता र सिपको विकास हुनुपर्ने भएकाले महासंघले यस्ता तालिममा जोड दिएको बताउनुभयो । सो तालिमको उद्घाटन समारोहमा महासंघका संचालक रामचन्द्र सिंह कुशवाको सहभागीता थियो ।
राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी सघ÷संस्थामा कार्यरत कर्मचारी दक्ष बनाउन सकेको खण्डमा सफलता र लक्ष्य प्राप्त हुने भएकाले तालिम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले महासंघले नियमित रुपमा स््रोतको खोजी गरेर दुर्गम क्षेत्रमा समेत तालिम संचालन गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले गत आर्थिक बर्षमा महासंघबाट ६९१ जनाले तालिम प्राप्त गरेको बताउनुभयो ।
९ साउनसम्म संचालन हुने सो तालिममा ३५ जनाको सहभागीता रहेको छ । महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सहकारी संचालन प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुहुने छ भने कुवेर निरौलाले योजना तथा बजेटका अवधारण, तर्जुमा प्रक्रियाका विषयमा सहजीकरण गर्नुहुने छ । सहभागीहरुले नमुना कार्यक्रम तथा बजेट तर्जुमाको अभ्यास समेत गर्ने छन् । त्यसैगरी कोशिसका प्रबन्ध संचालक पायोनियर खड्काले सप्mटवेयरसम्बन्धी जानकारी दिनुहुने छ ।

share this post: