News & Events

Image

रणनीतिक योजना तर्जुमा तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने रणनीतिक योजना तर्जुमा तालिम समापन भएको छ । तालिम २०७६ साउन १६ र १७ गते भएको थियो । तालिममा ७ वटै प्रदेश र १४ जिल्लाका ३८ जनाको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई महासंघका अध्यक्ष केशव बडालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साउन १७ गते भएको समापन कार्यक्रममा उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, नेफ्रस्कुनको तालिम केन्द्रका प्राचार्य गणेशप्रसाद तिमल्सिना लगायतको उपस्थिति थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष बडालले सहकारीले आर्थिक, सामाजिक, साँस्कृति, वातावरणीय विकासका निम्ति काम गर्ने बताउनुभयो । उहाँले धर्म, भाषा, रुपरंग, जातको आधारमा विदेभ गर्ने व्यक्ति सहकारीकर्मी हुन नसक्ने बताउनुभयो । उहाँले रणनीतिको महत्व दर्शाउँदै भन्नुभयो,‘औशीको रातमा तपाई जंगलको बाटो हिड्दै हुनुहन्छ । त्यतिबेला कतै टाठा पिलपिल बत्ति बलेको देख्नुभयो र त्यसैलाई आधार बनाएर हिड्नुभयो भने तपाई जंगलबाहिर निस्कन सक्नुहुन्छ । यदि त्यसो गरिएन भने जंगलमा हराउनु हुन्छ । रणनीति वा लक्ष्य भनेको यहि हो । एउटा लक्ष्य बनार संघ,संस्थालाई अगाडि बढाउनुपर्छ ।’
उहाँले दर्शनको जगमा सिद्धान्त बन्ने,सिद्धान्तको आधारमा नीति बन्ने र नीतिका आधारमा रणनीति बन्ने बताउनुभयो । उहाँले संसारभरी नै सहकारी आन्दोलनले ठूलो परिवर्तन गरेको बताउनुभयो । युरोपको उदाहरण दिदै भन्नुभयो,‘कुनै समय युरोपमा द्वन्द्व थियो । त्यहाँ अत्याचार थियो । तर सहकारीको दर्शनका कारण आज युरोपियन युनियन बनेको छ । सहकार्य भएको छ । एउटा भिसा लिएरपछि २७ देशमा घुम्न पाउने अवस्था बनेको छ ।’
सो कार्यक्रममा महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले जन्मदेखि मृत्युसम्म प्रशिक्षण आवश्यक रहने बताउनुभयो । उहाँले तालिमले आत्मविश्वासको विकास गर्ने र मानिसलाई अध्यारोबाट उज्यालोतिर डोहो¥याउने बताउनुभयो ।
सो कार्यक्रमको सहजीकरण नरेश नेपालले गर्नुभएको थियो । दुई दिने तालिमको विषयमा जानकारी दिदै सहभागी भुपति पाण्डेले सो तालिमले संघ÷संस्थालाई अगाडि बढ्न सजिलो भएको बताउनुभयो ।
त्यसैगरि सहभागी निर्मला श्रेष्ठले रणनीति युद्धकलाबाट आएको जानकारी पाएको बताउँदै भन्नुभयो,‘रणनीति भनेको युद्धकालबाट आएको रैछ । यस कलाबाट सहकारीलाई अगाडि बढाउँदा सफलता प्राप्त हुन्छ भन्ने आत्मविश्वास बढेको छ ।’

share this post: