News & Events

Image

सहकारी अभियानसंग स्वास्थ्य तथा जनसख्या मन्त्रालय सहकार्य गर्न तयार

राष्ट्रिय सहकारी महासंघ र स्वास्थ्य तथा जनसख्या मन्त्रालय साझेदारी गरेर अगाडि बढ्न तयार भएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सहकारीलाई स्वास्थ्यको रणनीतिक पार्टनरका रुपमा अगाडि बढाउने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वमा मिति २०७६ साउन २० गते मन्त्रालय र महासंघवीच भएको छलफलमा उपप्रधानमन्त्री यादवले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री यादवले भन्नुभयो, ‘गरिवी न्यूनीकरणसम्वन्धी विश्वका नेताहरूवीच बीबीसीको एक अन्र्तक्रियामा बेलायतको पूर्व प्रधानमन्त्रीले गरिवी न्यूनीकरण गर्ने हो भने सहकारी क्षेत्रलाई सवल वनाउनुपर्ने कुरालाई जोड दिनुभएकोमा म अत्यन्त प्रभावित भएको छु । ’ सो भेटमा अहिलेको कानुनलाई टेकेर साझेदार गर्न दुवै पक्षले गृहकार्य गरेर अर्काे छलफल गर्ने सहमति समेत भएको छ ।
सो छलफलमा महासंघका अध्यक्ष केशव बडालले सहकारी वलियोे भएको स्थानमा बहुआयामीक गरिवी न्यून भएको एक अध्ययनले देखाएको बताउँदै स्वास्थ्य नागरिक बनाउन सहकारीले योगदान दिन सक्ने बताउनुभयो । साथै उहाले सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा आमसमुदायमा पु¥याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सहकारी अभियानले संयुक्त रूपमा अन्र्तक्रिया तथा अभिमुखीकरण संचालन गरिनुपर्ने, त्यसैगरि स्वास्थ्य विमा कार्यक्रमलाई सहकारीमार्फत संचालन गर्न नीतिगत व्यवस्था गर्नुपर्ने, स्वास्थ्य सहकारी संघ÷संस्थाको प्रवद्र्धनका लागि अस्पताल, औषधिकक्षहरु संचालनमा सहजीकरण गरिदिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सो भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयको नागरिक आरोग्य कार्यक्रममा सहकारीसँग सहकार्य गर्न सकिने बताउनुभयो । सो कार्यक्रम प्रत्येक वडामा पु¥याउने लक्ष्य छ । सो भेटघाटमा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
महासंघको सो टोलीले सोमबार नै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत भेटेको थियो । मन्त्री पण्डितले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा दिइने प्रशिक्षणमा सहकारीको विषयलाई समेट्नका लागि आफू सकारात्मक रहेको बताउनुभयो । सो प्रतिष्ठानले स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने काम गर्दछ । महासंघका अध्यक्ष बडालले सबै स्थानीय तह र प्रदेशमा सहकारी संस्थाको प्रवद्र्धन तथा प्रभावकारी नियमनका लागि सहकारी हेर्ने छुट्टै डेक्सको स्थापना ,जनप्रतिनिधिलाई सहकारीको महत्व बुझाउन तथा कर्मचारीहरुलाई सहकारी प्रवद्र्धन एवं नियमनका लागि कोर्स बनाई प्रशिक्षण गराउनुपर्ने वताउनुभएको थियो । त्यसैगरी प्रादेशिक सहकारी प्रशिक्षण केन्द्र स्थापना, सहकारी ऐन २०७४ सँग बाझिएका स्थानीय ऐनहरुलाई परिमार्जन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

share this post: