News & Events

Image

स्याङ्जा र बाँकेमा सम्पत्ति शुद्धिकरण निवारण अभिमूखिकरण

राष्ट्रिय सहकारी महासंघ लि नेपालका आयोजना, सहकारी विभागको सहयोग र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. स्याङ्जाको संयोजनमा गत २०७५ माघ ५ र ६ गते स्याङ्जाको पुलिलीबजार नगरपािलकामा सम्पत्ति शुद्धिकरण निवारण अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।सो तालिमको उद्घाटन पुतली बजार नगरपालिकाका उपप्रमुख महेश पुरीले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सहकारीमार्फत स्थानीय तहले बाचा गरेरका कुराहरु पुरा गर्न सहयोग हुने भएकाले स्थानीय तह सहकारीसँग सहकार्य गरेर अगाडी बढ्नु बताउनुभयो । उहाँले सहकारी संस्थाहरु पनि मूल्य, मान्यता र सिद्धान्तमा रहेर अगाडी बढ्नुपर्ने र सम्पत्ति शुद्धिकरण निवारणमा समेत सहयोगी सुचकका रुपमा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो । दुई दिने अभिमुखिकरण तालिमको सहजीकरण नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि कुमार नेपाल र रामसूदन तिमल्सिनाले गर्नुभएको थियो । त्यसैगरि जिल्ला सहकारी संघ स्याङजाका अध्यक्ष केशव राज लम्सालले सहकारी सम्पत्ति शुद्धिकरण निवारणका लागि सुचक संस्था रहेकाले त्यसमा आवश्यक कार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले जिल्लामा बचत तथा ऋण सहकारी संस्थाको बस्तुस्थिति र चुनौतीका विषयमा प्रकाश पार्नुभएको थियो । नेफ्स्कूनको फिल्ड कार्यालय पोखराका संचालक अनन्त कुमार श्रेष्ठ,  जिल्ला बचत संघका सचिव अच्युत पोखरेल, कोषाध्यक्ष भूमि जंग केसीले मन्तव्य राख्नुभएको थियो ।

अभिमूखिकरण तालिमपछि आफ्नो अनुभव सुनाउँदै गन्तव्य साकोसका लक्ष्मण प्रसाद भट्टराइले जिल्ला तहमा सम्पत्ति शुद्धिकरणको विषयमा सहकारीहरुलाई जानकारी गराउने कार्यक्रम निकै उपयोगी भएको बताउनुभयो । ‘यो तालिमले हामीलाई सम्पत्ति शुद्धिकरण निवारणका लागि सहकारीले कसरी कार्य गर्नुपर्छ, के के काम गर्नुपर्छ भन्ने विषय स्पष्ट भएको छ ।’ उहाँले भन्नुभयो । त्यसैगरि अर्का सहभागी सावित्री पोख्रेलले सहकारीले सदस्य पहिचान गर्दा ध्यान दिनुपर्ने, बचत तथा ऋण र रेमिट्यान्सको कारोबार गर्दा के के विषयमा ध्यान दिनुपर्ने विषयको जानकारी भएको बताउनुभयो ।

त्यसैगरि बाँकेको नेपालगञ्जमा बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि बाँकेको संयोजनमा महासंघले पुस १३ र १४ गते सम्पत्ति शुद्धिकरण अभिमूखिकरण तालिम सम्पन्न गरेको छ । सो तालिमको उद्घाटन जिल्ला सहकारी संघ लि. बाँकेका अध्यक्ष प्रेम सुवेदीले गर्नुभएको थियो । कार्यक्रमम बहुउद्देश्इी जिल्ला सहकारी संघ लि. बाँकेका अध्यक्ष भुपेन्द्र अधिकारीले कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो । तालिमको सहजीकरण नेपाल राष्ट्र बै.कका उपनिर्देशक हरि कुमार नेपाल र रामसूदन तिमल्सिनाले गर्नुभएको थियो ।

महासंघले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकरी संघ÷संस्थाहरुलाई जानकारी दिने उद्देश्यले विभिन्न जिल्लामा सो अभिमूखिकरण कार्यक्रम गरिरहेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघ÷संस्थाका लागि सहकारी विभागले निर्देशिकासमेत जारी गरि सकेको अवस्थामा सो विषयमा सहकारीलाई जानकारी गराउन सो कार्यक्रम गरिएको हो ।

बचत तथा ऋण तथा रेमिट्यान्सको कारोबार गर्ने सबै सहकारीहरुले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी आ–आफ्नो संघ÷संस्थामा छुट्टै नीति तथा कार्यविधि बनाइ लागु गर्नपर्ने छ । त्यस विषयमा समेत महासंघले नमूना सम्पत्ति शुद्धीकरण निवारण नीति तथा कार्यविधि बनाई संघ÷संस्थालाई सजिलो बनाइ दिने उद्देश्यले कार्य गरिरहेको छ । सो नीति तथा कार्यविधि तयार गरी छपाई गरी वितरण गर्ने समेत लक्ष्य राखिएको छ । यसका लागि कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सहकारी विभागको सहयोग रहेको महासंघले जनाएको छ ।

महासंघले विगतदेखि नै सहकारीलाई सचेत गराउने उघेश्यले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिदै आएको छ । जसको उपलब्धीस्वरुप विभिन्न संघ÷संस्थाले कार्यान्वयन अधिकारी तोकेको, वित्तिय जानकारी इकाईमा विवरण पेश गर्न थालिएको, नीति तथा आन्तरिक कार्यविधि निर्माणको काय गर्न थालिएको छ ।

share this post: