News & Events

Image

उत्साहित भएर सहकारी एकिकरकणमा जुटौं

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० बर्षमा सहकारी संघ/संस्थाहरुको सख्या ५ हजारमा झार्ने बताउनुभएको छ । उहाँले सोमबार सहकारी समन्वय संजालको राष्ट्रिय सहकारी बैंकमा बसेको ४३ औं बैठकमा सम्बोधन गर्दै भन्नुभयो,‘ अब सहकारीकर्मीहरुले सहकारीको एकिकरणमा जोड दिनुपर्छ । यसमा उत्साहि भएर अभियान चलाउन आग्रह गर्दछु ।’ उहाँले गैरसरकारी संस्थाले प्रवद्र्धन गरेका सहकारी संस्थाहरु पनि एकीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले ऐन नियमले तोके अनुसार कोषहरु निमांण गरी सहकारीलाई सवल र बलियो बनाउने समेत आग्रह गर्नुभयो । उहाँले सहकारीको विषय बुझाए मात्र सदस्यता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले केन्द्रिय तथा जिल्लास्तरीय सहकारी संघहरुले व्यवसायिक रुपमा कार्य गरी दिगो विकास गर्न समान प्रकृतिका संघहरुविच एकिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी घटाउने तर उत्पादकत्व वृद्धि गरी ५ बर्षमा दोब्बर बनाउनुपर्ने विचार राख्नुभयो ।

उहाँले सन्दर्भ ब्याज दरको प्रसंगमा बढि ब्याज दिन्छु भनेर निक्षेप संकलन गर्ने सहकारीलाई ट्रयाकमा ल्याउनुपर्छ भन्दै सन्दर्भ ब्याजदरलाई लिएर सहकारीकर्मीहरु विभाजित हुने स्थिति बन्न नहुने बताउनुभयो । राज्यले सन्दर्भ व्याजदर तोक्नु अघि लगानी गरिएको ऋणको व्याजदर एक वर्ष भित्रमा हालको सन्दर्भ व्याजदर अनूरुप गर्न सकिने गरी विक्ल्प खुला राख्न सकिने उहाँको तर्क थियो । दूग्ध उत्पादक किसानलाई प्रोत्साहन पुग्ने र उपभोक्तालाई मर्का नपर्ने गरी दुधको मूल्य वृद्धि गर्न महासंघको तर्फवाट आफूले सक्दो प्रयास गरेको जानकारी गराउनु भयो । ‘राज्य र सहकारी हातेमालो गरेर अगाडि बढ्नु पर्ने उहाँको जोड थियो । सहकारी संघ÷संस्थाहरुको तथ्याङ्क तथा सूचनाको मूख्य स्रोतको रुपमा रहेको सहकारी तथा गरिबी निवारण व्यवस्था सूचना प्रणालीमा आवद्ध हुन समेत सवै सहकारी संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा साना किसा लघुवित्त संस्थाका कार्यकारी निर्देशक डा शिवराम कोइराला र राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईले आआफ्ना निकायहरुका क्रियाकलापहरुवारे प्रस्तुती गर्नुृृ भएको थियो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सरकारले कम ब्याजदरमा लगानी गर्ने ऋण सहकारी बैंकमार्फत उपलब्ध गराउन सकेको खण्डमा सहकारीले संस्थाहरु मार्फत सदस्यमा ऋण उपलव्ध गराइ उत्पादन बृद्धि हुने बताउनुभयो । उहाँले सहकारी बैंकले मुलुकभर ४४ शाखामार्फत सहकारी संघ/संस्थालाई वित्तिय सेवा प्रदान गरिरहेको बताउनुभयो ।
आइएलओका राष्ट्रिय कार्यक्रम व्यवस्थापक नविन कर्णले सहकारी मूल्य श्रृखलामा जानुपर्ने र यसका लागि आइएलओले सहकारीमार्फत विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनु हुदै सहकारीले तल्लो समुदाय तथा शहरी गरीवहरुलाई समेत सेवा पुर्याउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोवीन्द दाहालले सहकारीका उत्पादनहरु निर्यात गर्न एक्जीम कोड चाहीने तर भन्सार विभागवाट निकाशी पैठारी संकेत नंवर (एक्जीम कोड) नदिदा समस्या उत्पन्न भएकोले यसको तत्काल समाधान गर्न आग्रह गर्दै सहकारी व्राण्डको लोगो समेत समय सापेक्ष डिजाइन गर्नु पर्ने वताउदै नेपाल भ्रमण वर्ष सफल पार्न सहकारीको तर्फवाट कार्यधmम ल्याउन माग गर्नु भयो । गैर सरकारी संस्था महासंघ नेपालका महासचिव राम प्रसाद सुवेदीले सहकारी ब्राण्ड निर्माण गरी सहकारी क्षेत्रमा शुसासन कायम गनेर्, एक सहकारी एक उत्पादनका कार्यक्रमहरु अघि वढाउन सुझाव दिनु भयो ।

यसैगरि केन्द्धिय उखु उत्पादक सहकारी संघका अध्यक्ष तथा महासंघका सञ्चालक रामचन्द्रसिंह कुशवाहले पहिले उखु नगदे वाली हुने गरेको भएता पनि हाल उधारो वालीमा परिणत भएको गुनासो गर्दै यसको समाधानका लागि सहकारी चिनी मिल स्थापनामा पहल गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल कृषि सहकारी केन्द्विय संघका अध्यक्ष तथा महासंघका सञ्चालक खेम पाठकले राष्ट्रिय सहकारी बैक सहकारीकर्मी सबैको बैक भएको नाताले हामी सबैले यसलाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।

केन्द्धिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले दुधको मूल्य वृद्धि गरी किसानहरुलाई लाभान्वित तुल्याउनु पर्ने कुरामा जोड दिनु भयो । केन्द्रीय जडीवुटी सहकारी संघका अध्यक्ष इश्वरी पाण्डे, केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले सहकारीहरुले उत्पादनमुखी कार्यक्रम अघि वढाउनु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो । महिला विकास विभागका अधिकृत ह्रि अधिकारीले महिला सहकारीहरुका गतिविधिहरु सुदृढिकरण गर्न चुनौती रहेको भन्दै स्थानीय तहहरुमा सहकारी डृस्क र दक्ष जनशक्तिको खाँचो रहेको कुरा औल्याउनु भयो । सो अवसरमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल तथा राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले समेत सो कार्यक्रममा आफ्ना निकायहरुद्वारा सम्पादित क्रियाकलाप वारे जानकारी गराउनु भएको थियो । संजालको आगामी बैठक राष्ट्रिय सहकारी विकास बोर्डमा बस्ने निर्णय भएको छ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेंल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव चक्र वहादुर पराजुली, सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, भूमीव्यवस्था, सहकारी तथा गरीवीनिवारण मन्त्रालयका उपसचिव दिपक खड्का, पशुसेवा विभागका म. वि. का. डा. ज्ञान वहादुर जिरेल, नेपाल वचत तथा ऋण सहकारी संघ ( नेफ्सकुनका) अध्यक्ष डी. वी. वस्नेत, केन्द्रीय उपभोक्ता सहकारी संघका अध्यक्ष दिपक प्रसाद पौडेल, केन्द्रीय सूचना सञ्चार सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल, केन्द्रीय पशुपालन सहकारी संघका अध्यक्ष वावुराम अधिकारी,सेसीका कन्ट्री डाइरेक्टर सीताराम भट्ट समेत उपस्थित हुनुहुन्थ्यो । उपस्थित हुनुहुने अन्य महानुभावहरुमा ज्ीी आइजेडका डेपुटी चिफ टेक्नीकल एड्भाइजर रोसन श्रेष्ठ, संिएम एफका डेपुटी सिइओ नरेश नेपाल, गुड नाइवरस इन्टरनेसनलका प्रवन्धक गणेश ढकाल समेत हुनुहुन्थो । महासंघका नायव महाप्रबन्धक बाबुल खनाललेसहजीकरण गर्नुभएको सो कार्यक्रममा सहकारी समन्न्य संजलामा सरकारी तथा गैर सरकारी संघ÷संस्था, केन्द्रीय सहकारी संघहरु, राष्ट्र बैंक लगायतका संघ संस्था तथा निकायका ४५ सदस्य रहेको जानकारी गराइएको थियो ।

share this post: