News & Events

Image

बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम शुरु

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा दुई दिने बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम बुधबारबाट शुरु भएको छ । तालीमबारे जानकारी दिर्दै महासंघका नायव महाप्रबन्धक बाबुल खनालले सहकारी संस्थाका लागि तालिम निकै उपयोगी रहेको बताउनुभयो । उहाँले बैशखभित्र नै बजेट तर्जुमा उपसमिति गठन गरि असारभित्र संचालक समितिले छलफल गरी पास गरेर अगाडि बढ्दा सहज हुने बताउनुभयो ।
तालिमका काभ्रे, रामेछाप, पाँचथर, लम्जुङ, नुवाकोट, रुपन्देही, काठमाडौं, धादिङ्ग, अछाम, ललितपुर र मकवानपुरका ३३ जना सहकारीकर्मीहरुको सहभागीता रहेको छ । सो तालिममा पालिकाका कर्मचारीहरुको समेत सहभागीता रहेको छ । २०७६ भाद्र ४ गते महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सहकारी संचालन प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुहुभएको छ । साथै योजना तजा बजेटको अवधारणा सम्बन्धी कुवेर निरौलाले स्पष्ट पार्नुभयो । तालिममा बजेट तर्जुमा प्रक्रिया तथा ढाचाँ बारे अन्तक्रिया, नमुना कार्यक्रम तथा बजेट तर्जुमा अभ्यास समेत गरिने प्रशिक्षक कुवेर निरौलाले बताउनुभयो ।

share this post: