News & Events

Image

रसिया जाने टोलीको विदाई

राष्ट्रिय सहकारी महासंघ लि. नेपालले रसियामा हुने इन्टरनेशनल कोअपरेटिभ फोरममा सहभागी हुने नेपाली टोलीको विदाई गरेको छ । १९ देखि २२ सेप्टेम्बरसम्म हुने सो फोरममा सहभागी हुने २३ सदस्यीय टोलीलाई २०७६ भाद्र ३१ गते राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालले विदाई गर्नुभएको हो । नेपालको सहकारीकर्मीको टोलीको नेतृत्व महासंघका संचालक तथा गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले गर्नुभएको छ । विदाई कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले गत मे महिनामा अध्यक्ष बडालको रसिया यात्राका क्रममा इन्टरनेशलन फोरममा नेपाललाई सहभागीताको लागि निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो । महासंघ उपाध्यक्ष तथा ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले यो सहभागीता नेपालको सहकारी अभियानका लागि महत्वपूर्ण रहेको बताउनुभयो । महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले सो फोरममा महत्वपूर्ण विषयबस्तुहरुमा कार्यपत्र प्रस्तुत हुने बताउँदै कार्यक्रमको विषयमा जानकारी गराउनुभएको थियो ।

share this post: