News & Events

Image

रणनीतिक योजना तर्जुमा तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि.नेपालले आयोजना गरेको दुई दिने रणनीति योजना तर्जुमा तालिम मंगलबार सम्पन्न भएको छ । २०७६ भाद्र ३० र ३१ गते भएको तालिमको समापन कार्यक्रममा सहभागीलाई महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उहाँले समापन कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि संघ÷संस्था रणनीतिक विना अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रत्येक संघ÷संस्थाले संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु र कर्मचारी बसेर आफ्नो संस्थाको रणनीतिक योजना तयार गर्नुपर्दछ र त्यहि रणनीतिको आधारमा बार्षिक गतिविधि गरेको खण्डमा लक्ष्य प्राप्त हुने छ ।’
तालिममा नरेश नेपालले प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी बाबुराम भट्टराईले विषयबस्तु राम्रो रहेको बताउनुभयो । त्यसैगरि सहभागी सोमसे थापाले समूह कार्य गरेर अभ्यास गर्न सकेको खण्डमा अझ प्रभावकारी हुने औल्याउनुभएको थियो । समापन समारोहमा महासंघका बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीको उपस्थिति थियो ।

share this post: