News & Events

Image

ऋण जोखिम न्यूनिकरण तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि. नेपालले आयोजना गरेको दुई दिने “ऋण जोखिम न्यूनिकरण तालिम” सम्पन्न भएको छ ।
मिति २०७६ साल असोज १ र २ गते भएको तालिमको समापन समारोहमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
समापन समारोहमा केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष दीपक राज पौडेल, महासंघका नायब महाप्रबन्धक बाबुल खनाल, वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीको उपस्थिति थियो । ।
महाप्रबन्धक सुब्बाले प्रायः सहकारी संस्थाहरुले ऋण लगानी र असुलीमा उचित ध्यान पु¥यउन नसक्दा समस्या भोग्नुपरेकाले जोखिम न्युनिकरण गर्ने तालिम गरेको बताउनुभयो । दक्ष जनशक्तिको कमीले गर्दा संस्थामा समस्या हुने भएकाले नियमित रुपमा तालिम लिनुपर्ने बताउनुभयो ।

share this post: