News & Events

Image

प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठी शुरु

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले महासंघले आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीको आइतबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा उद्घाटन गर्नुभएको छ । महासंघका अध्यक्ष केशव बडालको अध्यक्षतामा भएको सो गोष्ठीमा मा भारत इफ्कका प्रबन्ध निर्देशक यू एस अवस्थीले विशेष प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा प्रदेश ३ का १३ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि कर्मचारी र प्रदेश ३ का प्रदेश सभा सदस्यहरु र सहकारी अभियान्ताहरुको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रमा यूएनडीपीकी आवसिय प्रतिनिधि एशनी लावेको समेत सहभागीता थियो ।
प्रदेश सभा सदस्य सरस्वती बस्नेत, दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलगायतले सम्बोधन गर्नुभएको थियो ।

share this post: