इफ्कोको टोलीद्वारा महासंघको भ्रमण
सहकारी स्वामित्वमा चलेको विश्वको सर्वाधिक ठूला सहकारीमध्येको एक इफ्को सहकारीका प्रबन्ध निर्देशक यू एस अवस्थीसहितको एक टोलीले राष्ट्रिय सहकारी महासंघको भवनमा भ्रमण गरी छलफल गरेको छ । अवस्थीलाई महासंघले आइतबार नै एक कार्यक्रमका बिच सम्मान समेत गरेको थियो । इफ्को र महासंघबीच निकै लामो समयदेखि सहकार्य हुँदै आएको छ । सो अवसरमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको विषयमा जानकारी गराउनुभएको थियो । महासंघका अध्यक्ष केशव बडाल, संचालक रमेश पोखरेललगायतले इफ्को टोलीसँग भएको छलफलमा सहभागीता जनाएको थियो ।