News & Events

Image

प्रशिक्षक प्रशिक्षण तालिम शुरु

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा ६ दिने सहकारी प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार शुरु भएको छ । सो प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि. नेपालका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले गर्नुभएको थियो । ७ देखि १२ असोजसम्म हुने तालिममा १४ जिल्लाको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै महासंघका उपाध्यक्ष मल्लले सहकारी क्षेत्रमा व्यवस्थापकको क्षमता अभिबृद्धि गर्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्ने असल प्रशिक्षक हुने बताउनुभयो । समय र अनुशासन सबैका लागि महत्व रहेको बताउँदै उहाँले जिल्लामा फर्केपछि नियमित प्रशिक्षण दिन समेत अनुरोध गर्नुभयो ।
उद्घाटन कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो । तालिमको सहजिकरण महासंघका प्ररिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले गर्नुभएको छ । सो तालिम संचालनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहयोग गरेको छ ।

share this post: