News & Events

Image

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा भएको प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । तालिम ७ देखि १२ असोजसम्म भएको थियो । तालिममा सहभागीहरुलाई महासंघका अध्यक्ष केशव बडालले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको ।
महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले तालिमले आत्मविश्वास बढाउने बताउँदै अध्ययनविना मान्छे अपुरो हुने बताउनुभयो । उहाँले सहकारीमा शिक्षा तालिमको महत्व भएकाले महासंघले नियमित तालिम शिक्षाका कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो । महासंघका नायव महाप्रबन्धक बाबुल खनालले सहकारी संघ÷संस्थाको क्षमता बृद्धि गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बताउनुभयो ।
तालिममा सहभागी अमृत नेपालीले अध्ययन र अभ्यासबिना प्रशिक्षक बन्न नसकिने बताउँदै महासंघप्रति आभार व्यक्त गर्नुभयो । सहभागी लक्ष्मी गैरेले आफ्नो क्षेत्रका सहकारीको प्रवद्र्धन र विकासमा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा १२ जिल्लाको सहभागिता रहेको थियो । समापन सत्र बरिष्ठ प्रबन्धक गोपी कृष्ण भण्डारीले संचालन गर्नुभएको थियो ।

share this post: