News & Events

Image

सहकारी तथा गरिवि निवारण सूचना ब्यवस्थापन प्रणाली (कोपोमिस) प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा जर्मन सहयोगको सहायतामा प्रदेश नंवर ५, कर्णाली र सुदुरपश्चिम प्रदेश स्थित सात वटा जिल्ला सहकारी संघहरुका ब्यवस्थापक तथा कोपोमिससँग सम्वन्धित पदाधिकारी, कर्मचारीहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ मिति २०७६ आश्विन ९ देखि १२ गतेसम्म ४ दिने सहकारी तथा गरिवि निवारण सूचना ब्यवस्थापन प्रणाली (कोपोमिस) प्रशिक्षक प्रशिक्षण तालिम बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ । उक्त तालिममा सहभागीहरुले कोपोमिस के हो, कोपोमिसमा सहकारीले प्रयोग गर्ने मेनुहरु, सदस्य दर्ता, प्रविष्टी गर्ने तरिका, बार्षिक प्रतिवेदन तथा बित्तीय प्रतिवेदन दाखिला, साधारण सभा, निर्वाचन, समिति, उप समितिहरुको बिबरण, प्रशिक्षक प्रशिक्षण बिधिहरु ¬आदि बिषयहरुमा व्यवहारिक ज्ञान आर्जन गर्नुका साथै प्रयोगात्मक अभ्यासहरु गरेका थिए । सहकारी संघ÷संस्थाहरुको आवश्यकता पहिचान तथा विश्लेषण र उनिहरुको क्षमता अभिबृद्धि गर्दै समग्र बिकासमा सहयोग गर्ने क्रममा जिल्ला सहकारी संघ बाँकेको समन्वयमा राष्ट्रिय सहकारी महासंघद्वारा सो तालिमको आयोजना गरिएको हो । बाँकेको नेपालगञ्ंज स्थित होटल बाटिकामा सञ्चालित उक्त कार्यक्रमको प्रशिक्षण सगुन धाख्वाले गर्नुभएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिमको अन्तिम दिन जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको सभापतित्वमा संचालन भएको समापन समारोहमा अध्यक्ष प्रेम सुवेदीले सहकारीहरुले स्थानिय तहहरुसँगको सहकार्य तथा समन्वयमा सबै मिलेर सहकारी अभियानलाई अघि बढाउन काम गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

त्यसैगरी सोहि समारोहमा सहभागीहरु, समन्वयकर्ता तथा सहयोगी सबै निकायहरुलाई आयोजकका तर्फबाट धन्यवाद दिदै महासंघका कार्यक्रम अधिकृत अमित अधिकारीले तालिमलाई ब्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो ।

सहभागीहरूका तर्फबाट जिल्ला सहकारी संघ दाङका ब्यवस्थापक मिना पुन तथा मिलिजुली कृषि बहुउदेश्यीय सहकारी संस्थाका प्रकाश भट्टराईले तालिमले धेरै कुरा सिकाएको जानकारी गराउनु हुदै प्रशिक्षक सगुन धाख्वा लगायत आयोजक राष्ट्रिय सहकारी महासंघ हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

share this post: