News & Events

Image

सहकारी विभागद्वारा महासंघको सघन अनुगमन

सहकारी विभागले राष्ट्रिय सहकारी महासंघको सघन अनुगमन गरेको छ । सहकारी विभागले मिति २०७६ असोज १३ र १४ गते पुल्चोकस्थित महासंघको कार्यालयमा सघन अनुगमन गरेको हो । सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलको नेतृत्वमा रहेको अनुगमन टोलीमा उपरजिष्ट्रार शशसीकुमार लम्साल, उप सचिव कृष्णप्रसाद पुडासैनी, शाखा अधिकृत हरि पौड्याल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका शाखा अधिकृत मैया कँडेल हुनुहुन्थ्यो ।
सुरेन्द्रराज पौडेलले सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघबाट अनुगमन शुरु गरिएको बताउनुभयो । उहाँले महासंघले नियमसंगत सहकारी प्रवद्र्धन र विकासमा काम गरिरहेको औल्याउनुभयो । उहाँले केन्द्रीयस्तरका संघहरुमा समेत अनुगमन गर्ने विभागको योजना रहेको बताउनुभयो ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी विभागले नियमित रुपमा अनुगमन गर्दा महासंघलाई अगाडि बढ्न थप हौसला प्रदान हुने बताउनुभयो । महासंघले समेत सदस्य संघ र प्रारम्भिक संस्थाहरुको अनुगमन गर्ने गरेको बताउँनुभयो । महासंघका नायव महाप्रबन्ध बाबुल खनालले संघ÷संस्थाहरुको आन्तरिक लेखा परिक्षणमा महासंघले योगदान दिन सक्ने राय पेश गर्नुभएको थियो ।

share this post: