News & Events

Image

डिप्लोमा गर्न जानेको विदाई

राष्ट्रिय सहकारी महासंघले भारतीय राष्ट्रिय सहकारी संघअन्तर्गत सहकारी शिक्षाका लागि राष्ट्रिय केन्द्र (एनसीसीइ)द्वारा संचालन हुने डिप्लोमा इन कोअपरेटिभ एजुकेसन एन्ड डेभलप्मेन्टमा सहभागी हुने सहकारकिर्मीहरुको विदाई गरेको छ । महासंघका अध्यक्ष केशव बडालले सहभागीहरुलाई विदाई गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रमा लाग्नेहरुका लागि यो कोर्ष निकै महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघले भारतीय राष्ट्रिय सहकारी संघसँग समन्वय गरेर प्रत्येक बर्ष नेपालबाट सो कोर्षमा नेपाली सहकारीकर्मीहरुको सहभागीता गराउँदै आएको छ । यस पटक चार जनाले सो कोर्ष गर्दै हुनुहुन्छ । सरेन्द्र मन्डल, राम नारायण साह, सुबास चन्द्र गच्छेदार र सन्तोष कुमार सरद थारु बुधबार नयाँ दिल्ली प्रस्थान गर्नुहुने छ । विदाई कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, नायव महाप्रबन्धक बाबुल खनाल र वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीको उपस्थिति थियो ।

share this post: