News & Events

Image

उद्यमशिलता तथा सहकारी व्यवसाय तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघले संचालन गरेकोे उद्यमशिलता तथा सहकारी व्यवसाय विषयक दुई दिने तालिम २०७६ असोज १४ गते सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । बडालले सहकारी व्यवसाय र निजी व्यवसायबीच फरक रहेको बताउँदै सहकारीले सदस्यको उद्यमशिलतामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
समापन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले उद्यमशिलता विकासमा सहकारीको योगदान रहेको बताउँदै सदस्यलाई उद्यमी बनाउँदै उत्पादन बृद्धिमा सहकारीको भूमिका रहेको बताउनुभयो । समापन कार्यक्रममा महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, बरिष्ठ प्रबन्धक गोपी कृष्ण भण्डारीको उपस्थिति थियो ।
सहभागी रश्मि निरौलाले दौडिन सकिदैन भने हिड्नुपर्छ, हिड्न नि सकिदैन भने घिस्रिनुपर्ने बताउँदै हामी उद्यमी भएको खण्डमा मात्र देश आत्मनिर्भर हुने बताउनुभयो । सहभागी प्रेम कुमारी कार्कीले आफै उत्प्रेरित भएर निरन्तर एउटै विषयमा केन्द्रीत हुन सकेको खण्डमा सफल हुने बताउनुभयो । विष्णु जोशीले तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा विभिन्न जिल्लाका २० जनाको सहभागीता थियो ।

share this post: