News & Events

Image

युएनडीपी र महासंघबिच छलफल

राष्ट्रिय सहकारी महासंघ र युएनडीपीबीच मिति २०७६ कार्तिक ८ गते विविध विषयमा छलफल भएको छ । युएनडीपीकी आवासीय प्रतिनिधि आइसानी माडागाङ्गगोडा लाबेले महासंघका अध्यक्ष केशव बडालसँग भेटवार्ता गर्दै दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहकारीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो बैंक खाता सहकारी बैंकमा खोलेको स्मरण गर्दै भन्नुभयो,‘सहकारी मेरो मनमस्तिकमा छ । दक्षिण एसियाको ग्रामिण र कमजोर आयस्तर भएका जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि सहकारीले ठूलो योगदान गर्न सक्छ ।’ उहाँले नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको महत्वलाई आत्मसाथ गरेको र यो विश्वका लागि उदाहरणीय बनेको बताउनुभयो ।
महासंघका अध्यक्ष केशव बडालले नेपालमा सहकारी बाक्लो भएको स्थानमा बहुआयामीक गरिवी कम भएको र सहकारी कमजोर भएको प्रदेशहरुमा बहुआयामीक गरिवी बढि भएको बताउनुभयो । उहाँले नेपाल र युएनको स्थापनाकालदेखि नै मजबुद सम्बन्ध रहेको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहकारी क्षेत्रका लागि गाइडलाइन्स निर्माण भइरहेको समेत बताउनुभयो । सो भेटघाटमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले युएनडीपी र महासंघले संयुक्त रुपमा गरेको कार्यक्रमको स्मरण गर्दै आगामी दिनमा हुन सक्ने सहकार्यका विषयलाई उजागर गर्नुभएको थियो । सो भेटमा महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका संचालक तथा नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकाल, महासंघका संचालक पदम दाहाल, युएनडीपीका धर्म स्वर्णकार, महासंघका नायव महाप्रबन्धक बाबुल खनाललगायतको उपस्थिति थियो ।

share this post: