News & Events

Image

महासंघका नवनिर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिलाई स्वागत

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका नवनिर्वाचित संचालक समिति, लेखा सुपरिवेक्षण समितिलाई महासंघको व्यवस्थापन टिमले बधाई तथा स्वागत गरेको छ । आज मिति २०७६ पुस २७ गते महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक बाबुल खनाललगायत कर्मचारीहरुले नव निर्वाचित अध्यक्ष मिनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोख्ररेल, लेखा सुपरिवेक्षण समिति संयोजक धर्मदत्त देवकोटालगायत संचालक संमितिका सदस्यहरु र लेखा समितिका सदस्यहरुलाई महासंघको व्यवस्थापनले बधाई र स्वागत गरेको हो । सो अवसरमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सहुाङ सुब्बाले महासंघका पछिल्लो बस्तुस्थितिको विषयमा चर्चा गर्नुभएको थियो । महासंघका नवनिर्वाचित अध्यक्ष मिनराज कँडेलले आफ्नो टिममा गहन जिम्मेवारी आएको बताउँदै भन्नुभयो,‘गहन दायित्व पुरा गर्न हामीले आ आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौं ।’

share this post: