News & Events

Image

थाईल्याण्ड जाने सहकारीकर्मीहरुको विदाई

राष्ट्रिय सहकारी महासंघ लि, नेपालको आयोजना तथा थाईल्याण्ड सहकारी अभियानको शिर्ष निकाय Cooperative League of Thailand (CLT) को संयोजकत्वमा यहि जनवरी २० देखी २४, २०२० सम्म थाईल्याण्डमा हुने सहकारी अध्ययन अवलोकन भ्रमणको लागि २३ सदस्यिय सहकारी टोलिलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलज्यूले विदाई गर्नुभएको छ । सो अवसरमा अध्यक्ष कडेलले थाईल्याण्डको सहकारी अभियान वाट धेरै कुरा सिक्न सकिने र सो सिकाईलाई नेपालमा प्रयोग गर्न टोलिने महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क राख्नुभएको थियो । विदाई कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल एवं लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा लगायतका संचालक एवं नेफ्स्कूनका अध्यक्ष एवं पदाधीकारीज्यूहरुको उपस्थिती रहेको थियो । महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले उक्त भ्रमण कार्यक्रमको विभिन्न पक्षको वारेमा जानकारी गराउनुभएको थियो । विभिन्न १० जिल्लावाट सहकारीको नेतृत्व तह तथा उच्च व्यवस्थापनवाट सहभागिता भएको उक्त भ्रमणको नेतृत्व महासंघका संचार अधिकृत रामसुदन तिमल्सिनाले गर्नुभएको छ । टोलिले उक्त अवसरमा थाईल्याण्डको CLT, CULT, Agriculture Cooperatives लगायतका सहकारीको भ्रमण गर्नुका साथै थाईल्याण्डका रमणीय स्थलहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

share this post: