News & Events

Image

सहकारी दर्ता, नियमन र प्रवद्र्धनमा स्थानीय तह तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि.नेपालद्धारा २०७६ माघ ८,९ र १० गतेसम्म सञ्चालन भएकोसहकारी दर्ता, नियमन र प्रवद्र्धनमा स्थानीय तह तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष मीनराज कंडेलले संघीय संरचनामा सबैभन्दा महत्वपूर्ण काम स्थानीय तहको हुने भएकोे हुँदा स्थानीय तहमा कार्यरत राष्ट्र सेवकहरु जिम्मेवार र जवाफदेही भएर काम गर्नुपर्ने सुझाव दिनुभयो । नेपालको संविधान २०७२ ले सहकारीलाई उच्च प्राथमिकता दिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष कंडेलले संविधानको भावना र मर्म अनुसार स्थानीय तहका ऐन÷नियमहरु सहकारीमैत्री हुनु पर्ने र ती निकायहरुमा सहकारी विषयमा दख्खल भएको जनशक्तिको समेत व्यवस्था हुनुपर्ने बताउनुभयो । साथै उहाँले स्थानीय तहमा सहकारी हेर्ने अधिकृतले जनप्रतिनिधिहरुलाई सहकारी विषयमा सचेत गर्न समेत आग्रह गर्नुभयो ।

तालिम कार्यक्रमको समापनमा सहभागीहरु मध्येबाट बिराटनगर महानगरपालिकाका सहकारी विभाग हेर्ने अधिकृत पुष्पा तिमिल्सिनाले स्थानीय तहमा रहेको अन्यौलतालाई चिर्न तालिमले धेरै सहयोग पुगेको विचार व्यक्त गर्दै यस प्रकारका तालिमको निरन्तरता दिन महासंघलाई सुझाव दिनुभयो र यसैगरी ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले स्थानीय तहमा सहकारी ओझेलमा परेको अवस्थामा महासंघद्धारा आयोजित यस तालिम अन्यन्त सिकाईमुलक भएको र यसबाट सहकारी संघ÷संस्थाको अनुगमन, नियमन तथा प्रवद्र्धनमा सहयोग पुगेको विचार व्यक्त गर्नुभयो ।
महासंघका तालिम अधिकृत अच्युत्तम थापाले सञ्चालन गर्नु भएको सो तालिमको समापन कार्यक्रममा महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाको पनि उपस्थिति रहेको थियो ।
सो तालिममा सहकारी दर्शन, सिद्धान्त, मूल्य एवं मान्यता, सहकारी संस्था दर्ता प्रकृया, खुल्ला छलफल, सहकारी ऐन, २०७४, सहकारी नियमावली २०७५, सहकारी संस्थाहरुको सुपरीवेक्षण, अनुगमन तथा नियमन, सहकारी संस्थाहरुको प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका, सहकारी तथा गरिबी निवारण सूचना व्यवस्थापन प्रणाली कोपोमिस लगायतका विषयहरुमा विषयगतविज्ञ स्रोत व्यक्तिहरुबाट सहभागीहरुलाई तालिम दिएको थियो ।

तालिममा ललितपुर, काठमाडौं, मोरङ, नुवाकोट, धादिङ्ग, गुल्मी, बागलुङ्ग, काभ्रेपलाञ्चोक, दोलखा, झापा, म्याग्दी लगायत विभिन्न जिल्लाका स्थानीय तहका सहकारी शाखा हेर्ने अधिकारीहरुको सहभागीता रहेको थियो ।

share this post: