News & Events

Image

सहकारी ऐन नियमावली विषयक अन्र्तक्रिया सम्पन्न

राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको सहकारी ऐन नियमावली विषयक एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको समापन महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले गर्नुभएको थियो । उहाँले समापन कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि सहकारीकर्मीका लागि शिक्षा र तालिम महत्वपूर्ण सम्पत्ती रहेको बताउनुभयो । उहाँले सहकारीहरुले ऐन नियमावली मापदण्ड निर्देशनलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । ‘सहकारी ऐन २०७४ संशोधनको प्रक्रियामा हामी लागिरहेका छौं तर संशोधन नभएसम्म ऐनलाई पूर्ण पालना गर्नु हाम्रो कर्तव्य हो,’ उहाँले भन्नुभयो । उहाँले राज्यले लिएको नीति तथा लक्ष्य हासिल गर्नका लागि सहकारीले महत्वपूर्ण योगदान दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले संविधान, कानुन ऐन नियमभन्दा माथि कोहि पनि नहुने भएकाले कानुन थाहा पाइन भनेर कोहि पनि बच्न नसक्ने बताउनुभयो । उहाँले सहकारीकर्मीले ऐन कानुनको विषयमा अपडेट हुनुपर्ने धारणा राख्नुभयो । अभिमुखिकरणमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयकी सह सचिव चन्दकला पौडेल र नेपाल राष्ट्र बैंकका उपनिर्देशक विनय सिंग्देलले सहजीकरण गर्नुभएको थियो ।
तालिममा विभिन्न १५ जिल्लाका ४२ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागि विद्या कोइरालाले सहकारी ऐन तथा नियमावलीको विषयमा जान्ने अवसर प्राप्त भएको र महासंघले नियमित रुपमा यस्ता तालिम संचालन गर्नुपर्ने बताउनुभयो । सहभागी सुन्दरमणी जोशीले तालिममा नियमित सहभागि हुनुपर्ने विषयमा आफू जागरुक भएको बताउनुभयो ।

share this post: