News & Events

Image

कर्जा जोखिम न्युनिकरण तालिम

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कँडेलले छिट्टै सहकारी कर्जा सुचना केन्द्र स्थापना हुने बताउनुभएको छ । महासंघले यसका लागि विभिन्न चरणमा छलफल चलाएको बताउँदै कँडेलले यसपछि कर्जा लिएर नतिर्ने सदस्यको नाम कालो सुचीमा राख्ने व्यवस्था समेत हुने बताउनुभयो । महासंघले आयोजना गरेको कर्जा जोखिम न्युनिकरण तालिमको मिति २०७६ फागुन १३ गते समापन गर्दै अध्यक्ष कँडेलले वित्तिय कारोबार गर्ने सहकारीले ऋण जोखिम विश्लेषण गर्नुपर्ने बताउनुभयो । दुई दिने सो तालिमको समापन समारोहमा सिए हरिकुमार सिलवालले सहकारीमा आन्तरिक लेखा परिक्षणको महत्वका विषयमा जानकारी गराउँदै संस्थालाई सुशासनमा संचालन गर्न अनिवार्य रहेको बताउनुभयो । सो तालिममा १४ जिल्लाका ३८ जनाको सहभागिता रहेको थियो । समापन समारोहमा महासंघका संचालक टेकप्रसाद चौलागाई, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो । तालिमको सहजीकरण कुवेर निरौलाले गर्नुभएको थियो ।
तालिममा सहभागी गोविन्द्र कँडेलले ऋण जोखिमको व्यवस्था गर्नका लागि तालिम उपयोगी भएको बताउँनुभयो । सहभागी शर्मिला हेलम्बुले सिकेको कुरालाई व्यवहारमा लागु गर्न सकेको खण्डमा संस्थामा जोखिम व्यवस्थापन हुने बताउनुभयो ।

share this post: