News & Events

Image

एनसीएफ र भीआइपीबिच सम्झौता

राष्ट्रिय सहकारी महासंघ(एनसीएफ) ले भिजीनरी इन्टरनेशनल प्रा.लि.(भीआइपी) सँग सहकारी संघ÷संस्थाका लागि विशिष्टकृत तालिम संचालन गर्ने विषयमा सम्झौता गरेको छ । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र भीआइपीएका सिइओ तथा मास्टर चेतना कोच इन्द्र गुरुङबीच सम्झौता पत्रमा पुस ८ गते हस्ताक्षर भएको हो । महासंघका पुस २ गते बसेको बोर्ड बैठकले भिआइपीसँग सम्झौता गर्ने निर्णय गरेको थियो ।

सम्झौतामा सहकारीका नेतृत्व, सिइओ तथा व्यवस्थापन समूह र सदस्यहरुका लागि संगठनात्मक व्यवहार, मनोसामाजिक व्यवस्थापन, व्यावसायिक बृद्धि, आत्मनिर्भर तथा व्यक्तित्व कोचिङलगायतका कार्यक्रम गर्ने सहमति भएको छ । कार्यक्रम मुख्यतया तथ्यमा आधारित प्रशिक्षण, अभ्यास, रिट्रिट, क्षमता निर्माणको लागि गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा एनसीएफ र भीआइपी दुढ रहेको महाप्रबन्धक सुब्बाले बताउनुभयो । सहकारी अभियानको सुदृढिकरणको लागि नविन दृष्टिकोणमा केन्द्रीत भएर सम्झौता भएकाले आफू उत्साहित भएको मास्टर चेतना कोच गुरुङ बताउनुहुन्छ । सहकारीमा निरन्तर फलोअफसहित नतिजामुखी क्षमता विकास कार्यक्रमको खाँचो देखेर नेपालको महत्वपूर्ण व्यक्तिसँग सम्झौता गरिएको महाप्रबन्धक सुब्बाले बताउनुभयो । ‘सहकारी अभियानको भिजन र लक्ष्य हासिल गर्नका लागि अब दु्रत गतिमा अगाडि बढ्नुको विकल्प छैन । त्यसका लागि यो सम्झौता कोशेढुङ्गा सावित हुने छ ।’ सुब्बाले बताउनुभयो ।

संघ÷संस्थाको मागमा आधारित कार्यक्रमहरु गर्दा दुई पक्षबिच आपसी समझदारीमा कार्यक्रम संचालन हुने बताइएको छ । यो सम्झौता १ बर्षका लागि कायम रहने छ । ‘हामीबिच व्यवसायिक व्यवहार, गुणस्तरीय सेवा वितरण गर्ने विषयमा एकमत रहेको छ । त्यसैले यसले महत्वपूर्ण उपलब्धी हासिल हुन्छ ।’ गुरुङले बताउनुभयो । सो सम्झौता कार्यक्रममा भिआइपीका प्रमुख तथा मनोपरामर्शकर्ता राजेश्वरी श्रेष्ठको समेत उपस्थिति थियो ।

share this post: