News & Events

Image

‘योजनाविनाको लक्ष्य सिर्फ एउटा इच्छा मात्र हो’

अब्राहम लिंकनले भनेका थिए ‘यदि मलाई रुख काट्नका लागि आठ घन्टा समय दिइयो भने म ६ घन्टा बन्चरो उजाउन खर्चने छु ।’ अमेरिकाका पूर्व राष्ट्रपतिको यो भनाईमा जोड दिर्दै सहजकर्ता नरेश नेपालले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको तीन दिने रणनीतिक योजना निर्माण तालिमका सहभागीलाई भने, ‘असल योजना बन्यो भने आधा कार्य सम्पन्न भएको मान्नुस् । अर्काे कुरा तपाई कहाँ पुग्ने हो भन्ने लक्ष्य निर्धारण भएको छैन भने तपाईसँग भएको नक्शाले केहि सहयोग गर्न सक्दैन ।’

भर्चुअल तालिमपछि सहभागीहरुले उत्साहित हुँदै भने, ‘संस्थाको परिस्थिति विश्लेषण गरेर हामी कस्तो बन्ने हो भन्ने परिकल्पना गर्न सक्षम भएका छौं । लक्ष्य निर्धारण गरेर अगाडी बढ्नु पर्ने रैछ भन्ने महत्वपूर्ण सिप र ज्ञान पाइयो ।’

पुस १० गते तालिमको समापनमा महासंघका अध्यक्ष मिनराज कडेलले योजनाले व्यवसायमा आइपर्ने अनिश्चिततालाई कम गर्न मद्दत गर्ने र भावी सम्भावनाहरुको पुर्वानुमान गर्दै अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले योजनाको महत्व दर्शाउँदै भन्नुभयो, ‘योजनाविनाको लक्ष्य सिर्फ एउटा इच्छा मात्र हो ।’

१६ जिल्लाका २५ जनाको सहभागीता रहेको तालिमबाट संस्थाको क्षमता विस्तार कार्य पद्धतिमा परिवर्तन, उत्पादनको गुणस्तरमा सुधार, बजार व्यवथापन र विस्तारमा टेवा पु¥याउन सहयोग पुगेको सहकारी ऋण कोष बचत तथा ऋण सहकारीका नविन ढाकालले बताउनुभयो ।

कुनै काम गर्नु अगाडि त्यसको पछि सम्मको रुप कस्तो बनाउने हो, संस्थालाई कुन दिशातर्फ लैजाने हो पहिला नै मनमा एउटा आकृति तयार गरेर मात्र काम सुरु गर्नका लागि रणनीतिक योजना आवश्यक पर्ने भएकाले महासंघले यस्ता तालिम संचालन गर्दै आएको छ । महासंघका उपाध्यक्ष रमेश पोखरेलले अब सहकारी संघ÷संस्था व्यवसायीक हुनपर्ने भएकाले रणनीतिक तथा व्यवसायीक योजना तयारी गर्नु अपरिहार्य भएको जिकिर गर्नुभएको छ ।

कारितास नेपाल गैर सरकारी संस्थाका फिल्ड अफिस पाल्पाका सुशिला कार्कीले व्यक्तिगत र संस्थागत विकासका लागि तालिम महत्वपूर्ण सावित भएको भर्चुअल रुपमा प्रतिक्रिया दिनुभयो । महासंघले कोभिड १९को महामारीका कारण भौतिक उपस्थिति भएर तालिम लिन जोखिम हुनेभएपछि भर्चुअल रुपमा नियमित तालिम संचालन गरिरहेको तालिम अधिकृत सुनिता यादवले बताउनुभयो । ‘भर्चुअल रुपमा संचालित तालिम प्रभावकारी भएको हामीले प्रतिक्रिया पाएका छौं ।’ उहाँले भन्नुभयो । महासंघले पुस १९ देखि २३ गतेसम्म सहकारी नियमन र प्रवद्र्धन तालिम भर्चुअल रुपमा नै संचालन गर्न लागेको छ । तालिममा नरेश नेपालले रणनीतिक योजनाको अभ्यास गराउने, केस स्टडीहरुको विश्लेषण गर्ने कार्य समेत गर्नुभएको थियो ।

share this post: