News & Events

Image

सहकारीका सिइओहरुको चेतनसिल नेतृत्व विकास तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीका कार्यकारी प्रमुख (सिइओ)हरुका लागि संचालन भएको चेतनसिल नेतृत्व विकास तालिम पोखरामा सम्पन्न भएको छ ।

बैशाख ३ देखि ५ गतेसम्म संचालन भएको तालिमको संक्षिप्त समापन मन्तव्य राख्दै राष्टिय सहकारी महासंघका महाप्रवन्धक सुव्वाले सहकारी संघ संस्थाका प्रमुख कार्यकारीहरुको चेतनशील नेतृत्व विकास अपरिहार्य भएको सन्दर्भमा आयोजित यस तालिमले सहकारी संघ संस्था सुदृढ हुनुका साथै सहकारी अभियानलाई दिगो एवं मर्यादित वनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो ।

तालिममा सहजीकरण गर्नुभएका मास्टर चेतना कोच इन्द्र गुरुङले चेतनसिल नेतृत्व देखिने भन्दा पनि आफैले अनुभुति गर्ने कुरा भएकाले तालिममा सिकेका कुराहरुलाई व्यवहार उतार्न आग्रह गर्नुभयो ।

फरक तरिकाको सिकाईले आफूलाई फरक अनुभूति भएको छ रुपान्तरणका लागि तयार छौं, महासंघले संचालक समितिका पदाधिकारीहरुका लागि समेत यस प्रकारको तालिमको आयोजना गर्नुपर्दछ सहभागीहरुले मनैदेखि व्यक्त गरिरहेका थिए ।

तालिममा नेतृत्व क्षमता अभिवृद्धि संगसंगै व्यक्तिगत मास्टरी, आमजन मास्टरी, संस्थागत मास्टरी, तनाव व्यवस्थापन, मुल्यमा आधारित निर्णय लगायतका विषयमा रचनात्मक ढंगले अभ्यास समेत गरिएको थियो । कार्यक्रममा देशभरका विभिन्न सहकारी संघ÷संस्थाका २३ जना कार्यकारी प्रमुखहरुको सहभागीता रहेको थियो ।

share this post: