News & Events

Image

महासंघको फोकस सुशासनमा

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी संस्थालाई दिगो बनाउनका लागि मर्यादित र सुशासित हुन आवश्यक रहेको औल्याउनुभएको छ । उहाँले सहकारी संघ÷संस्थालाई सुशासित बनाउनका लागि महासंघको कार्यक्रम तथा गतिविधिहरु केन्द्रीत रहेको बताउनुभयो ।

महासंघद्वारा आयोजीत सहकारी लेखा व्यवस्थापन तालिमको शुक्रबार उद्घाटन गर्दै महाप्रबन्धक सुब्बाले सहकारी संघ÷संस्था दर्ता गर्नु ठूलो कुरा नभइ यसलाई व्यवस्थित रुपमा संचालन गर्नु महत्वपूर्ण रहेको बताउनुभयो । ‘वित्तीय व्यवस्थापन चुस्त दुरुस्त राख्दा नै सहकारी सुशासित हुन्छन् । त्यसैले त्यसतर्फ महासंघका तालिक तथा अन्य कार्यक्रम केन्द्रीत छन् ।’ उहाँले भन्नुभयो । कार्तिक २९ गतेसम्म संचालन हुने सो तालिममा सात प्रदेशका सहकारीका संचालक, लेखा सुपरिवेक्षण समितिका सदस्य, कर्मचारी, लेखापाल, स्थानीय तहका सहकारी हेर्ने कर्मचारीहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटन कार्यक्रममा महासंघका बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, अनुगमन अधिकृत अच्युक्तम थापालगायतको उपस्थिति थियो । तालिममा नायव महाप्रबन्धक बाबुल खनाल, वरिष्ठ प्रबन्धक गोपी कृष्ण भण्डारी, लेखा अधिकृत तेजप्रसाद गौतम, संचार अधिकृत रामसुदन तिमल्सिनाले प्रशिक्षण दिनुहुने छ ।

share this post: