News & Events

Image

महासंघ र काठमाडौं विश्वविद्यालयबिच सम्झौता

राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबिच गरिवी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने विषयमा बिहिबार सम्झौता भएको छ । महासंघको चालु आ.व. २०७८÷०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार लुम्बिनी तथा कर्णाली प्रदेशमा सो विषयमा अध्ययन गर्ने विषयमा सम्झौता भएको हो । महासंघका अध्यक्ष मिनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको उपस्थितिमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौ विश्वविद्यालयकातर्फबाट स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. डा. देवीप्रसाद बेडारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यस अघि महासंघले काठमाडौं विश्वविद्यालयसँग मिलेर प्रदेश नं. १ र र प्रदेश नं. २ मा गरिवी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन गरेको थियो । सो सम्झौता कार्यक्रममा महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकको समेत उपस्थिति थियो । त्यसैगरी विश्वविद्यालयकोतर्फबाट प्रा.डा. विनोद श्रेष्ठ र उपप्रध्यापक दिपेश कार्कीको उपस्थिति थियो । यस पटक काठमाडौं विश्वविद्यालयले तथ्याङ्क संकलनका लागि मोबाइल एप्सको प्रयोग गर्ने भएको छ । त्यसैगरी सामाजिक न्यायसँग सम्बन्धित प्रश्नावलीलाई समेत अनुसन्धानमा समावेश गरिने भएको छ ।

share this post: