News & Events

Image

महासंघले सदस्य संघहरुलाई सक्रिय बनाउने

राष्ट्रिय सहकारी महासंघले निस्कृय संघहरुलाई सवल बनाउन पहल गर्ने भएको छ । त्यसका लागि सदस्य संघहरुको वस्तुगत स्थिति अध्ययन गर्ने महासंघको बुधबार बसेको संचालक समितिको बैठकले निर्णय गरेको छ । बागमती प्रदेशमा रहेका सदस्य संघहरुको बस्तुगत स्थिति अध्ययन गरी प्रतिवेदन समेत आइसकेको छ । महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा बसेको बैठकले अन्य ६ प्रदेशहरुका सदस्य संघहरुको अध्ययन गरी अर्काे बैठकमा प्रतिवेदन पेश गर्न सम्बन्धीत प्रदेशका प्रदेश समन्वय उपसमितिका संयोजकहरुलाई जिम्मेवारी दिइएको छ । उक्त प्रतिवेदनका आधारमा सदस्य संघहरुलाई सवल बनाउन आवश्यक कार्यहरु गर्ने, संघहरुको सक्रियताका लागि विषय मिल्ने संघहरुको एकीकरणमा पहल गर्ने निर्णय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो । आवश्यक पहल गर्दा समेत संघहरु निस्कृय भएमा महासंघको सदस्यता खारेजी गर्नका लागि समेत आवश्यक प्रक्रिया अवलम्बन गर्ने निर्णय गरेको छ ।

महासंघको तीन बर्षे व्यवसायीक योजना समेत बैठकले स्वीकृत गरेको छ । महासंघको संचार रणनीति अनुरुप प्रत्येक बर्ष पुस २७ गते बार्षिक साधारण गर्ने भए बमोजिम २९ औं बार्षिक साधारण सभा २०७८ पुस २७ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको संयोजकत्वमा पदपुर्ती उपसमिति, उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विनियम संशोधन उपसमिति, संचालक टेकप्रसाद चौलागाईको संयोजकत्वमा पुरस्कार छनोट उपसमिति समेत गठन गरेको छ ।

share this post: