togel

toto 4d

idn poker

togel slot

toto slot

slot88

News & Events || National Cooperative Federation of Nepal

News & Events

Image

अर्थमन्त्रीद्वारा करको दरमा पुर्नविचार गर्ने प्रतिबद्धता

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सहकारी क्षेत्रका विषयमा समेटिएका कुराहरुको कार्यान्वयनका लागि अभियानको सक्रियता चाहिने बताउनुभएको छ । बिहिबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा गएको सहकारीकर्मीको टोलीसँगको भेटवार्तामा मन्त्री शर्माले राष्ट्रिय सहकारी बैंक र साना किसान लघुवित्त संस्थाले सहकारी कृषि, फलफुल, पशुपालन र विशेषगरी तरकारी खेतीमा लगानी केन्द्रित गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले तरकारीमा आत्मनिर्भर अभियान संचालन गर्ने सहकारी संघ/संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी उल्लेखनिय मात्रामा बढाउन आग्रह समेत गर्नुभयो । उहाँले सहकारी संघ/संस्थाहरुले होल्डिङ कम्पनी स्थापना गरी पुँजी परिचालन गर्नका लागि केहि नेपाल ऐन संशोधनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीलाई समेत आग्रह गरेको बताउनुभयो । त्यसैगरी मन्त्री शर्माले आ.व. २०७६/०७७ को बजेटले सहकारी ऐनमा उल्लेख भए अनुसार सहकारी संभ संस्थाहरुमा महानगरमा १० प्रतिशत, उपमहानगरमा ७ प्रतिशत, नगरपालिकामा ५ प्रतिशत आयकरको व्यवस्था गर्दै आएकोमा चालु बर्षको बजेटले विद्यमान करको दरमा ५० प्रतिशत बृद्धि गरेकोमा पुर्ववत रुपमै आयकरको दर कायम गर्न महासंघद्वारा गरिएको आग्रहमा सकारात्मक हुँदै करको दर घटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारी क्षेत्रको अनुगमन निरिक्षणका लागि बजेटले अघि सारेको दोस्रो तहको संरचना स्थापनाका लागि प्राविधिक तवरले कुरा मिलाउन राष्ट्र बैंकसँग कुरा भैरहेको बताउँदै चाँडो सो संरचना खडा गरी सहकारी सुशासनका लागि काम गर्ने समेत अर्थमन्त्री शमाले बताउनुभयो ।

सो अवसरमा बजेट सिंगो सहकारी अभियानको स्प्रिट अनुसार आएकोमा सोको कार्यान्वयनका लागि राष्ट्रिय सहकारी महासंघ लगायत राष्ट्रिय सहकारी बैंक र केन्द्रीय संघहरु प्रतिबद्ध रहेको महासंघका अध्यक्ष मिनराज कडेलले बताउनुभयो । कृषि कर्जा किसानको घर दैलोमा पु¥याउने उद्देश्यले स्थापित लघुवित्त कोष राष्ट्रिय सहकारी बैंक एवं विभिन्न वित्तीय कारोबार गर्ने केन्द्रीय सहकारी संघहरुमार्फत परिचालन गर्ने व्यवस्था मिलाउन र नेसनल ल्कियरिङ्ग हाउस एवं नेसनल पेमेण्ट गेटवे, फण्ड ट्रान्सफर एटीएम सुविधाहरु दिन समेत अध्यक्ष कडेलले माग गर्नुभएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लले मासुमा आत्मनिर्भर हुन सहकारी संघ संस्थाहरुले थुप्रै कार्य अगाडी वढाएको वताउँदै काम गर्ने सहकारीहरुलाई प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।  उहाँले सहकारी क्षेत्रमम शुसासन कायम गर्न सहकारी अभियान प्रतिवद्ध रहेको समेत वताउनुभयो । 

अध्यक्ष कडेलको नेतृत्वमा गएको सहकारीकर्मीको टोलीका अन्य सदस्यहरुमा महासंघका संचालक टिका बुढाथोकी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सुुचना तथा संचार केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष विष्णुहरी ढकाल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल लगायतको उपस्थिति थियो । 
 

share this post: