News & Events

Image

को–अपरेटिभस् लिडर्स नेशनल फोरम–२०२१ सम्पन्न

को–अपरेटिभस् लिडर्स नेशनल फोरम–२०२१ बुधबार सम्पन्न भएको छ । तीन दिनसम्म संचालन भएको फोरमको अन्तिम दिन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मान बहादुर अर्यालले संघीय संरचनामा सहकारी कानूनका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले सहकारी मैत्री कानुन आवश्यक रहेको र प्रदेश र स्थानीय तहमा नमुनाका आधारमा कानुन बनेकाले त्यसलाई व्यवहारिक बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।सहकारी कानुनका विषयमा महासंघका अध्यक्ष मिनराज कडेलले सारसक्षेप प्रस्तुती गर्दै स्थानीय तहको सहकारी ऐनलाई अझै परस्कृत गर्न सकिने स्थान रहेको औल्याउँदै सहकारी र स्थानीय तह मिलेर धरै गर्न सक्ने बताउनुभयो । सदस्य सन्तुष्टिको मुटु ः सहकारी सुशासन भन्ने विषयमा पूर्व अर्थ सचिव रामेश्वर खनालले प्रस्तुती गर्नुभयो । उहाँले नेतृत्व हस्तान्तरण संस्थागत सुशासनको मुख्य एजेण्डा हुनुपर्ने बताउनुभयो ।

प्रक्रियाभन्दा बढि परिणामलाई लक्षित गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘चमत्कारीक नेतृत्व आयो भने त्यो नेतृत्वमा हुँदा मात्र संस्था चल्छ । व्यक्तिको छवि उज्यालो पार्ने कि संस्थाको छवि भन्ने विषयलाई बुझ्न आवश्यक छ । विधिलाई शक्तिशाली बनाउँदै विधिमा नेतृत्व पद्धति विकास गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले टिप्पणी गरेसँगै कार्यक्रम समापन भएको थियो । बुधबारको कार्यक्रमको सहजीकरण महसंघका नायव महाप्रबन्धक बाबुल खनालले गर्नुभएको थियो । तीन दिने कार्यक्रमको मुख्य बुँदाहरु महासंघका अन्तर्राष्ट्रिय समन्वय अधिकृत सुरेश थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अविस्मरणीय भएको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष प्रवित्रा सुब्बा र नविन साकोस कास्कीका शिक्षा उपसमितिका संयोजक कृष्णराज पोखरेलले अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले कानुनी अड्चनका विषयमा अनुभव सुनाउनुभएको थियो । अघिल्लो दिन दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले अघिल्लो दिन आफ्नो अनुभव सुनाउनुभएको थियो ।

कार्यक्रमको बिचबिचमा सांस्कृतीक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसको नेतृत्व युवराज बर्देवा र रचना महर्जनले गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन सहकारीको वर्तमान प्रवृत्ति, मुद्दा र चुनौतीहरुको विषयमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदुत महेश दाहालले ‘परम्परागत विरुद्ध उच्च व्यवहारीक नेतृत्व’को विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमको पहिलो दिन सफलताको मुख्य राज रुपान्तरणकारी नेतृत्वको विषयमा मास्टर चेतना कोच तथा भिजनरी इन्टरनेशनलका सिइओ इन्द्र गुरुङ र को–अपरेटिभस् ग्रोथ अन भिजनरी लिडरसिपको विषयमा आइसीए एपीका क्षेत्रिय निर्देशक बालु आएरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

share this post: