News & Events

Image

सम्पत्ति शुद्धीकरण निवारण तथा जोखिम विश्लेषण तालिम

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालले सहकारी पवित्र स्थल भएकाले यसलाई कालो धन लुकाउने माध्यम बनाउन नदिनका लागि सहकारी संघ/संस्थाले सचेत भएर आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँले राष्ट्रिय सहकारी महासंघले मिति २०७६ पुस १३ र १४ गते आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारण तथा जोखिम विश्लेषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, ‘सहकारी समाजिक व्यवसाय भएकाले सामाजिक न्याय र उत्पादन बृद्धिमा सहकारीको शुद्धता र व्यवसायीक कुशलताको आवश्यकता पर्दछ ।’
नेपालमा १२ खर्ब बढी व्यापार घाटा रहेको अवस्थामा समृद्ध मुलुक निमार्णका लागि सहकारीले सम्पत्ति शुद्धीकरण निवारणको सुचक संस्थाका रुपमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली र सहकारी विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघ÷संस्थालाई जारी गरिएको निर्देशनको पालना गर्न समेत आग्रह गर्नुभएको थियो ।
समापन कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार शशीकुमार लम्सालले सुचक संस्थाका हिसाबले सहकारीले देशमा सुशासन कायम गराउनका लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली हुन्छ । त्यसलाई बलियो बनाउन सकिएको खण्डमा बाहिरबाट अनुगमन र नियमनको ठूलो आवश्यकता पर्दैन तर सहकारीले सिद्धान्त अनुसार आफूलाई संचालन गर्नुपर्ने हुन्छ ।’ उहाँले सदस्य पहिचान गर्न सहकारीमा सजिलो हुने भएकाले विभागले गरेको निर्देशन अनुसार कार्य गर्न अनुरोध गर्नुभयो ।
महासंघले विगत केहि बर्षदेखि सहकारी संघ÷संस्थालाई सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सचेत गराउने उद्देश्यले नियमित तालिम संचालन गर्दै आएको छ । सहकारी विभागको सहयोगमा आर्थिक बर्ष २०७६/०७७ मा १० वटा तालिम संचालन गर्ने योजना रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो । ‘कानुन लागु भएपछि हामीले थाहा पाएनौं भन्न मिल्दैन । त्यसैले त्यस विषयमा जानकारी लिएर नियमसंगत काम गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले सहकारी संघ/संस्थाले तालिमलाई महत्व दिएर संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सदस्य तथा कर्मचारीका लागि नियमित रुपमा तालिम तथा शिक्षा दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी हुनुभएको अर्थजगत साकोसकी संचालक शुसिला नेपालले तालिम उपलब्धीमुलक रहेको बताउँदै भन्नुभयो,‘हामीले यो तालिमबाट महत्वपूर्ण कुरा सिक्यौं । कतिपय कुरा अभ्यास समेत गर्नुपर्ने देखिन्छ । ग्रुप वर्क गर्न पाएको भए अझ आत्मविश्वास बलियो हुने थियो ।’ उहाँले राज्यलाई सहयोग पु¥याउन सक्ने आशा लिएको बताउनुभयो । त्यसैगरी गान्वा सुनुवारले नियमित रुपमा तालिम लिनुपर्ने र यस विषयमा धेरै जानकारी प्राप्त भएको बताउनुभयो ।
तालिममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपाल, उपरजिष्ट्रार लम्साल, राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहाल, रामसूदन तिमल्सिनाले प्रशिक्षण दिनुभएको थियो । सो तालिममा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेलगायतका सहकारी संघ÷संस्थाका ६० जना जतिको सहभागिता रहेको कार्यक्रम अधिकृत अमित अधिकारीले बताउनुभयो ।

share this post: