News & Events

Image

सहकारीमार्फत उद्यमशीलता प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न, ६ बुँदे काठमाडौं घोषणापत्र जारी

राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित “सहकारीमार्फत उद्यमशीलता प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी” ६ बुँदे काठमाडौं घोषणापत्र जारी गरेर सम्पन्न भएको छ ।
संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न सामुहिक प्रयास गर्ने निष्कर्ष समेत निकालेको सो गोष्ठी २०७६ माघ २९ गते काठमाडौंमा सम्पन्न भएको हो ।
गोष्ठीले सहकारीलाई उत्पादनमा जोड्दै सदस्यहरुलाई उद्यमी बनाउनका लागि सामुहिक प्रतिबद्धता जाहेर भएको महासंघका अध्यक्ष मीनराज कँडेलले बताउनुभयो । ‘महासंघले उद्यमशीलता प्रवद्र्धनलाई महत्व दिदै आएको बताउँदै अब सहकारी संघ÷संस्थाहरु उत्पादन, प्रशोधन र बजारीकरणमा फोकस हुनु पर्ने बेला आएको हुँदा सोही उद्देश्य पूरा गर्नका लागि गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
सोही गोष्ठीमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी दर्शन, सिद्धान्त मुल्य रमान्यताको पालना गर्दै राज्यसँग सहकार्य गरेर समृद्ध मुलुक निर्माणका लागि एकजुट हुने ऐक्यबद्धता जाहेर गरेको बताउनुभयो ।
गोष्ठीका सहभागीहरुले सहकारी संघ÷संस्थाहरुमा सुशासन कार्यम गर्न र सहकारीमार्फत व्यवसायको प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गोष्ठीमा देशभरिका सहकारीकर्मी, सरकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी घोषणापत्रको तेस्रो बुँदामा सन् २०३० सम्मको दीगो विकास लक्ष्य प्राप्तिका लागि नेपालको सहकारी अभियानद्वारा तयार दीगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शन लागु गर्न सबै तहका सहकारी संघ÷संस्थाहरु प्रतिबद्ध रहने उल्लेख छ ।
महासंघले युएनडीपीसँगको सहकार्यमा सो मार्गदर्शन तयार गरी महासंघको २७ औं बार्षिक साधारणसभाको अवसरमा सार्वजनिक गरेको थियो । तीन बर्ष लगातार दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने थिमलाई सार्थक हुनेगरी सो विषयमा चेतना अभिबृद्धि गर्दै सहकारी संघ÷संस्थाको नीति योजनामा सो विषयलाई समावेश गराउनका लागि सो मार्गदर्शन तयार पारिएको महासंघका निर्वतमान अध्यक्ष केशव बडालले बताउनुभएको छ ।
महासंघका संचालक तथा सुदुरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य तारा लामा तामाङले वाचन गर्नुभएको घोषणापत्रमा सहकारीमा संलग्न युवालाई एकीकृत रुपमा प्राविधिक ज्ञान, सिप र नवितनम प्रविधि प्रदान गरी सवल र सक्षम प्रतिस्पर्धी बनाउँदै मुलुकभित्रै स्वरोजगार सिर्जना गर्न योगदान पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
विदेशबाट फर्केका युवाहरुलाई विभिन्न सहकारीले ऋण प्रदान गरेर स्वदेशमा कृषिमा सहभागी गराउँदै आएको छ । त्यसलाई अझ व्यापक बनाउँदै नेपालको कृषि क्षेत्रमा सहकारीको योगदान बृद्धि गर्ने लक्ष्य अभियानको छ ।
त्यसैगरी सहकारी–सहकारी बीचको एकीकरणलाई प्राथमिकता दिई सहकारीको गुणात्मक विकासमा जोड दिने घोषणपत्रमा उल्लेख छ । नेपालमा हाल करीब ३५ हजार सहकारी संघ÷संस्था रहेका छन् र एकीकरण अभियानका रुपमा अगाडि बढिरहेको छ ।
सहकारीहरुबीचको पुँजी परिचालन, सहुलियत कर्जाको व्यवस्थापन र व्यवसायिक सम्बन्ध विकास गर्दै लघु,मझौला तथा ठूला उद्योगहरु संचालन गरी आय तथा उत्पादन बृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन संयुक्त पहलकदमी गर्ने प्रतिबद्धता जनाइएको छ ।

share this post: