News & Events

Image

नवनिर्वाचित संचालकका लागि अभिमुखिकरण

राष्ट्रिय सहकारी महासंघका नवनिर्वाचित संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
२९ माघ र १ फागुनमा दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा संचालक समितिले सदस्य संघको व्यवसाय क्षमता बृद्धि गर्नका लागि पहल गर्ने विषयमा आगामी कार्यक्रम फोकस हुने सामुहिक धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका ऐन कानुनलाई सहकारीमैत्री बनाउनका लागि स्थानीय तहदेखि माथिल्ला तहसम्मका सहकारी नेटवर्कलाई परिचालन गराउनका लागि कार्य गर्ने विषयमा पनि छलफल फोकस थियो । निस्कृय संघहरुलाई सक्रिय बनाइ उदाहरणीय बनाउनका लागि के कस्तो गर्न सकिन्छ भन्ने विषयमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको छलफल केन्द्रीत थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनक शाहले संस्थागत सुशासनको विषयमा प्रस्तुति गर्नुभएको थियो । विनियमका उद्देश्य प्राप्तिका लागि संचालकको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले कानुनी व्यवस्थाको परिपालनका लागि संचालक र लेखा सुपरिवेक्षण समितिको भूमिका हुने बताउनुभयो ।
संस्थामा सुरक्षाकर्मी कति सुखी छ भन्ने कुराले त्यस अर्गनाइजेसनको कल्चरको विषयमा ज्ञान हुन्छ भन्दै उहाँले उत्तरदायित्व पूरा गर्न नसक्नेले आफै पछि हट्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सदस्यलाई न्यायसंगत व्यवहार र पारदर्शिताको विषयमा समेत छलफल भएको थियो । संचालक समितिले नियम कानुन, मुल्य मान्यताका आधारमा व्यवहार गर्ने विषयमा एक मत राख्नुभएको थियो । सहकारी सुशासनका चार खम्बाका विषयमा शाहले स्पष्ट पार्नुभएको थियो । उहाँले संगठन, उत्तरदायी, रणनैतिक नेतृत्व र लोकतन्त्र सहकारीका महत्वपूर्ण खम्बा रहेको बताउनुभयो ।
एफएटीको शुत्रको विषयमा समेत जानकारी गराउँदै उहाँले निस्पक्षता, जवाफदेहिता, पारदर्शीतालाई सहकारीकर्मीको नौतिक जिम्मेवारीभित्र राख्नुपर्ने बताउनुभयो । उहाँले संचालक समितिले आफूको हुँ र मेरो जिम्मेवारी के हो भन्ने विषयमा जानकार हुनुपर्ने बताउनुभयो । ‘महासंघको संचालकको क्षमता बृद्धि गर्नुपर्छ, नियमित अध्ययन गर्नुपर्छ, अन्य सहकारीसँग नियमित सम्पर्कमा रहनुुपर्छ र एक उदाहरणीय व्यक्तित्व बन्नुपर्छ । सो कार्यमा सञ्चालकहरु अहिले नै उदाहरणीय हुनुहुन्छ । अभियानले नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले अभिमुखिकरणमा आफ्नो धारणा व्यक्त गर्नुभयो । शाहले विद्यमान ऐन÷कानुनका विषयमा पनि छलफल चलाउनुभएको थियो ।
अर्का सहजकर्ता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिरेले संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरको काम, कर्तव्य र जिम्मेवारीको विषयमा छलफल चलाउनुभएको थियो । सदस्य र कर्मचारीको विश्वास जित्ने, अर्थपूर्ण प्रयास गर्ने सदस्यलाई उत्प्रेरणाबाट कम्पन गराउन र उपलब्धी हासिल गर्ने उद्देश्यले पहिलो सहकारी स्थापना भएको बताउँदै सहकारीकर्मीले यसलाई मनन गर्नुपर्ने घिमिरेको धारणा थियो ।
नेपालको सहकारी अभियानका आइकन बखान सिंह गुरुङ र भेट्रान व्यक्तित्वहरु दिपक प्रकाश बाँस्कोटा र केशव बडालप्रति सबै सहकारीकर्मीले सम्मान व्यक्त गर्नुपर्ने धारणा राख्नुहुँदै उहाँले सहकारी अभियानलाई आजको अवस्थामा ल्याई पु¥याउनका लागि बडाल र बाँस्कोटाको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
‘स्वयसेवीका रुपमा काम गर्ने संचालक समितिले कुनै मुल्य नलिई निःस्वार्थ कार्य गर्ने बताउँदै पैसाले जीवनको सम्मान पाइदैन, उनीहरुलाई थाहा छ यो सम्पत्ती बनाउने प्रयास हो । यो बिउले एक दिन फल दिने छ,’ घिमिरेले आफ्नो प्रस्तुतिमा उल्लेख गर्नु भएको छ–‘सहकारी संस्कृति विकासका लागि आफूले आफैलाई प्रश्न गर्नुस् । म यहाँ कसरी आइपुगे, मेरो प्रारम्भिक संस्थाको कथा व्यवसाय के छ । के तपाईले परिवर्तन गर्नुहुन्छ । के तपाईको उपस्थितिले कर्मचारी उत्साहित छन् त ?’
बोर्ड मिटिङ बस्दा संचालकले अपनाउनुपर्ने सावधानीहरुका विषयमा केही तौरतरिका बताउनु हुँदै उहाँले संचालक समिति मुख्य निर्णयकर्ता भएकाले सधै नीति निर्माण गर्दा सदस्यलाई सोचेर गर्नुपर्ने बताउनुभयो । उहाँले यो संचालक समितिको पहिलो कार्य भनेको सरकारलाई सहकारी ऐनमा देखिएका कतिपय विषयलाई संशोधन गर्नुपर्ने भएकाले त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने सुझाव समेत दिनुभएको थियो । उहाँले एकीकरण अहिलेको ठूलो चुनौती रहेको समेत औल्याउनुभयो । उहाँले सहकारी अभियानलाई सकारात्मक ऊर्जा दिएर तरंगित बनाउने गरी केहि निर्णय गर्न साहस गर्नुपर्ने समेत बताउनुभयो । जस्ते यहाँले मुभमेन्टलाई नै तरंगित गर्ने गरी ठूलो सपिङ मलको अवधारणलाई अगाडि सार्न सक्नुहुन्छ । त्यसैगरी सहकारीमार्फत एउटा विशाल अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउन सक्नुहुन्छ ।’
सहकारीका नियमित ट्रेनिङ्ग, सेमिनार, गोष्ठी हुने भएकाले सहकारीबाटै एउटा स्ट्यान्र्डड आधुनिक सुविधा सम्पन्न रिसोर्ट बनाउन सकेको खण्डमा यसले सरहकारीको इमेज विउल्डिङ्गमा भूमिका खेल्ने बताउनुभयो ।
सो कार्यक्रममा महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको वर्तमान अवस्था र भावी कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । उहाँले चालु आर्थिक बर्षमा महासंघले २१ वटाभन्दा बढी तालिम संचालन गरेको, इफ्को, थाइल्यान्ड, बेलायतलगायतमा अध्ययन अवालोकन भ्रमण गराउन सफल भएको र नियमित अनुगमन निरिक्षण संचालन गरेको जानकारी दिनुभयो । उहाँले महासंघको पञ्चवर्षीय रणनीतिक तथा व्यवसायिक योजनामाथि समेत प्रकाश पार्नु भएको थियो । यस आ.व.मा २ सय ६५ सदस्य संघहरुले नविकरण गरेको, जसमा १८ वटा विषयगत संघ रहेको जानकारी दिंदै उहाँले सदस्य सहकारी संघहरुलाई सक्रिय बनाइ व्यवसायिक बनाउनका लागि भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

share this post: