News & Events

Image

सहकारी समन्वय सञ्जालको ४७ औं बैठक सम्पन्न:

मुुद्दामा केन्द्रित भई वहस चलाउने प्रतिवद्धता व्यक्त

सहकारी सम्बन्धी विभिन्न समसामयिक विषयहरुमाथि निर्णय गर्दै सहकारी समन्वय सञ्जालको ४७ औं बैंठक सम्पन्न भएको छ । सो बैंठक राष्ट्रिय सहकारी महासंघ तथा सहकारी समन्वय सञ्जालका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा २०७८ साल कार्तिक १५ गते महासंघको तालिम हल, ललितपुरमा सम्पन्न भएको हो ।

सो बैंठकलाई संबोधन गर्दै अध्यक्ष कंडेलले सहकारी क्षेत्रका कमी कमजोरीहरुलाई केलाएर अगाडि बढ्न आवश्यक भएको र उत्पादन र प्रशोधनको क्षेत्रमा पनि सहकारी धेरै राम्रा कामहरु गरिरहेको बताउनुभयो । महासंघले शिक्षा र तालिमलाई जोड दिएको बताउँदै उहाँले सामुदायिक विद्यालयको ९,१०,११ र १२ कक्षाको शैक्षिक पाठ्यक्रममा सहकारी विषय समावेश भएको र स्थानीय तहहरुले सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रममा सहकारी विषय समेत प्रशिक्षण गर्न शहुरुवात भएको जानकारी दिनुभयो ।

महासंघले तय गरेको १० वर्षे रणनीतिमाथि प्रकाश पार्दै अध्यक्ष कंडेलले दीगो र मर्यादित सहकारी अभियानका लागि आम सहकारीकर्मीहरुको एउटै आवाज र एउटै गति हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले सहकारी मार्फत गरिबी न्यूनिकरण भएको बताउँदै नेपालको गरिबीलाई २८ बाट १९ प्रतिशतमा झार्न सहकारी अभियानको महत्वपूर्ण गाृगदान रहेको बताउनुभयो ।

सो अवसरमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रतिनिधित्व गर्दै सो मन्त्रालयका उप–सचिव चोमेन्द्र न्यौपानेले तालुकवाला मन्त्रालय वा नियामक निकायहरुको आलोचना मात्र नगरी सहकारी अभियानले निकास दिनु पर्ने कुरा बताउँदै सहकारी ऐन,२०७४ संशोधनका लागि सरोकारवालाहरु सबैंको एउटै धारणा बन्नुपर्ने बताउनुभयो । सहकारी क्षेत्रको क्षमता विस्तारका कामहरु भइरहेको र त्यसको लागि प्रथमतः जनशक्तिको विकास जरुरी रहेको बताउँदै उहाँले सरकारी निकाय र सहकारी अभियानले संयुक्त रुपमा अनुगमन कार्यलाई सशक्त बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष महासंघका सञ्चालक के.बी.उप्रेतीले समन्वय सञ्जालको बैठकको सहभागीतालाई अर्थपूर्ण बनाउन आग्रह गर्दै सहकारी विस्तारै व्यवसायिकतातिर अग्रसर भइरहेको बताउनुभयो ।

अर्का वक्ता महासंघका सञ्चालक एवं नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्रमा व्याप्त विकृति र बिसंगतिहरुलाई नियन्त्रण गर्न जरुरी रहेको आवश्यकता औल्याउँदै कृषकको पीडालाई कम गर्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो । सो वैठकमा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाड्ड सुव्वाले महासंघद्वारा आयोजना गर्न लागीएको सहकारीमा डिजीटलाइजेसन सम्वन्धी राष्ट्रिय सेमीनारको परिचय तथा उद्धेस्य माथि प्रकाश पार्दै सो सम्मेलनमा सहभागिताका लागि आव्हान गर्नुभएको थियो ।

सहकारी क्षेत्रका सरोकारवाला मन्त्रालय, विभाग, वोर्ड, राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघहरु तथा राष्ट्रिय सहकारी वैंक लगायतका विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था तथा निकायका प्रमुख तथा प्रतिनिधि रहेको उक्त सञ्जालको वैठकले सहकारीमा डिजीटलाइजेसन सम्वन्धी महासंघद्वारा वर्तमान परिवेशमा सहकारी संघ संस्थाहरुमा प्रविधिमैत्री सेवाहरुको विकास र विस्तारका लागि आगामी मंसिर २१ देखी २३ गतेसम्म भर्चुअल रुपमा हुन गइरहेको राष्ट्रिय सेमीनारमा सवैको सहभागितामा सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गनर्,े सञ्जालले आगामी दिनमा मुद्दामा आधारित भई आफ्ना क्रियाकलापहरु अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने, वैठकमा सहभागी महानुभावज्यूहरुद्वारा प्रस्तुत सहकारीका उत्पादन,प्रशोधन,सहलियतपूर्ण ऋण र सहकारी प्रवद्र्धन सम्वन्धि नीतिगत, वित्तिय, कानूनी र संरचनागत समस्याहरु र समसामयिक विषयवस्तुहरु उपर अत्यन्त गंभीर रहँदै सञ्जालमा आवद्ध सम्पूर्ण निकायहरुले आआफ्नो ढंगमा र सञ्जालको सचिवालय राष्ट्रिय सहकारी महासंघवाट संयूक्त रुपमा पहलकदमी गर्ने आदि निर्णयहरु गरिएको थियो । वैठकले सौजन्यकर्ता एग्रिटेरा नेपाललाई समेत धन्यवाद प्रकट गर्ने निर्णय गरेको थियो ।

सो बैठकमा राष्ट्रिय सहकारी विकास बोर्डका अधिकृत प्रतिनिधि विजय चापागाईं, कृषि बिभागका वरिष्ठ बागवानी अधिकृत रिती सिंह,पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. इन्दिरा शर्मा, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनाल, राष्ट्रिय दुग्ध विकास बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारी,सिएमडिपीका सल्लाहकार प्रकाश घिमिरे,साना किसान लघु बित्त संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, इयु–टिसिएफ–एड्सका डा. बद्री प्रसाद बास्ताकोटी,आइएलओ कन्ट्री अफिस नेपालका संयोजक प्रकाश शर्मा लगायतका महानुभाव ले आ–आफ्ना निकायका गतिविधिहरु जानकारी एवं धारणा अवगत गराउनुभएको थियो ।

यसै गरी केन्द्रीय पशु पंक्षीपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, केन्द्रीय दुग्ध सहकारी संघ लि.का कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटा, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन प्रसाद पोखरेल, नेपाल केन्द्रीय जडिबुटी सहकारी संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डे, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव प्रसाद तिमल्सिना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ अधिकृत नविनराज दाहाल तथा जीआएजेड एलपीइडीका डीसीए रोशन श्रेष्ठले समेत आफ््ना धारणा राख्नु भएको थियो । सो ४७ औं वैठकको सौजन्य गर्ने एग्रिटेरा नेपालका विजनेस एडभाइजर त्रिजन सिंहले सो संस्थावारे संक्षिप्त प्रस्तुती गर्नुभएको थियो ।

सो अघि वैठकमा उपस्थित महानुभावहरुलाई स्वागत अभिवादन गर्दै सञ्जालका सदस्य सचिव तथा महासंघका नायब महाप्रबन्धक बाबुल खनालले गत वैठकको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा वैठकका एजेण्डाहरु वाचन गर्दै नायब महाप्रबन्धक खनालले एजेण्डामा आधारित भई आ आफ्ना धारणाहरु अभिव्यक्त गर्न सहभागी महानुभावहरुलाई अनुरोध गर्नुभएको थियो । वैठकमा जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपक प्रसाद कोइराला, केन्द्रीय सुपारी सहकारी संघका सदस्य हरि दाहाल, जिएनआई नेपालका जीविकोपार्जन संयोजक शिवशंकर शर्मा तथा एग्रिटेरा नेपालका फाइनान्स एडभाइजर स्वेच्छा कटुवाल लगायतका महानुभावहरुको समेत सहभागिता रहेको थियो ।

वैठकको अन्तमा सहकारी समन्वय सञ्जालको वैठकमा उपस्थित भई महत्वपूर्ण विचार व्यक्त गर्नु सम्पूर्ण निकायका प्रमुख तथा प्रतिनिधि महानभावज्यूहरुलाई वैठकको अध्यक्षता गर्नुभएका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी माघको पहिलो हप्ता वैठक वस्ने जानकारी गराउदै वैठक अन्तभएको घोषणा गर्नुभएको थियो ।

share this post: