News & Events

Image

आइसीए एपीको ट्रेनिङ्गमा सहभागी हुनेको विदाई

आइसीए एपीले जापानको कृषि केन्द्रीय सहकारी संघलगायतसँगको सहकार्यमा दिने ट्रेनिङ कोर्षमा सहभागी हुनुहुने जिल्ला सहकारी संघ लि.बाँकेका अध्यक्ष प्रेम प्रसाद जैसीलाई राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सोमबार विदाई गरेको छ । सो ट्रेनिङ्ग जापान र थाइल्यान्डमा संयुक्त रुपमा हुने छ । एसियाको कृषि सहकारीको व्यवस्थापन र विकासका लागि नेतृत्व विकास नामक सो ट्रेनिङ्गमा सहभागी हुने जैसीलाई महासंघका अध्यक्ष केशव प्रसाद बडालले विदाई गर्नुभएको थियो ।


विदाई कार्यक्रममा बोल्दै अध्यक्ष बडालले यो ट्रेनिङ नेपालका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकास र विस्तारका लागि जापान र थाइल्यान्डमा हुने यो ट्रेनिङ्गले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।


विदाई कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक सुरेन्द्र भण्डारी, कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
सो कार्यक्रममा तालिममा सहभागी हुनुहुने प्रेम प्रसाद जैसीले नेपालमा आएपछि तालिममा सिकेको कुरा लागु गर्न आफू सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


एसियामा कृषि सहकारी संस्थाको व्यवस्थापन तथा विकासका लागि नेतृत्व विकास तालिम थाइल्यान्ड र जापानमा २०७५ माघ २२ गते देखि शुरु भई चैत २ गते सम्पन्न हुने छ । फागुन १३ गतेसम्म थाइल्यान्डमा ट्रेनिङ्ग हुने छ भने १४ फागुनदेखि २ चैतसम्म जापानमा सो ट्रेनिङ्ग हुने छ । कृषि सहयोग विकासका लागि एसियाली संस्था, कोअपरेटिभ लिग अफ थाइल्यान्ड, थाइल्यान्डको कोअपरेटिभ प्रोमोसन डिपार्टमेन्टको सो ट्रेनिङ्गमा सहकार्य रहेको छ । सो कार्यक्रमलाई जापानको कृषि, वन तथा मत्स्य पालन मन्त्रालयको अनुदान रहेको छ भने आइसीएले यो ट्रेनिङ्ग कार्यन्वयन गरेको हो ।


सो ट्रेनिङ्गका लागि यस पटक नेपालले एक सिटमात्र प्राप्त गरेको हो । सो ट्रेनिङ्गमा एसियाबाट छनोट भएका ९ जनाको सहभागतिा रहने छ । ३० देखि ४० बर्ष उमेर समूह भित्रका लागि मात्र सो ट्रेनिङ्गका लागि मनोनयन गर्न अनुरोध गरिएको छ । त्यसैगरि सो ट्रेनिङ्ग लिनका लागि कम्तिमा पनि ३ देखि ५ बर्ष कृषि क्षेत्रको अनुभव आवश्यकता रहन्छ ।

share this post: