News & Events

Image

सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी सुर्खेतको विरेन्द्रनगरमा

२० वैशाख, २०७६ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यू.एन.डी.पी) को सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा कर्णाली प्रदेशस्तरीय “सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीे” आजवाट सुर्खेतको विरेन्द्रनगरमा शुरु भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्व मन्त्री केशव प्रसाद वडालको सभापतित्वमा सम्पन्न सो गोष्ठीको उद्घाटन उद्घाटन कणाली प्रदेशका भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्री विमला के.सी. ले गर्नुभएको थियो । समुद्घाटन मन्तव्यका क्रममा मन्त्री के.सी. ले सहकारी क्षेत्र गैरसरकारी संस्था भन्दा फरक भएकोले सहकारी मार्फत आर्थिक, सामाजिक, साँस्कृतिक विकासको प्रवल संभावना रहेको चर्चा गर्दै प्रभावकारी सहकारी अभियानको विकास गर्नु पर्ने आवश्यक्तामा जोड दिनुभयो ।

अतिथिको आसनवाट बोल्नुहुँदै कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहले सहकारीको संभाव्यताका वारे चर्चा गर्नुभयो । कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले प्रादेशिक गोष्ठीेको औचित्यता तथा आवश्यक्ताकावारे प्रकाश पार्नभएको थियो । सो अवसरमा महासंघका सञ्चालक चन्द्र प्रसाद ढकाल, गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष दिलमाया वुढामगर, नगरपालिका संघका केन्द्रीय सदस्य दर्शना नेपालीले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा उपस्थित सम्पूर्ण महानभावहरुलाई आयोजकको तर्फबाट महासंघका संचालक पदम दाहालले स्वागत अभिवादन गर्नुभएको थियो भने महासंघका संचालक टिका वुढाथोकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको सहजीकरण महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गर्नुभएको थियो । गोष्ठीमा कणाली प्रदेशका १० वटै जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सहकारी अभियन्ताहरु गरी २१० जनाको सहभागिता रहेको छ ।

पहिलो दिनको प्रथम कार्यसत्रमा समृद्धिको यात्रामा प्रदेश तथा स्थानीय सरकारसंग समन्वय र सहकार्य विषयक कार्यपत्र महासंघका अध्यक्ष केशव प्रसाद वडालले प्रस्तुती गर्नुभएको थियो भने सो कार्यसत्रको मोडरेशन कर्णाली प्रदेशका प्रमुख सचिव केवल प्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतिको क्रममा अध्यक्ष बडालले नेपालमा ५१ प्रतिशत महिला सहित दलित एवं पिछडिएका समुदाय र अल्पसंख्यक जातिहरूको संलग्नता रहेको सहकारी सामाजिक व्यवसाय भएको चर्चा गर्नुभयो । उहाँले दिगो विकासको माध्यम सहकारीे रहेको हुुँदा प्रदेश तथा स्थानीय तह र सहकारी संघ संस्थाविच प्रभावकारी समन्वय र साझेदारिता विकास गनर्का लागि आव्हान गर्नुभयो ।

कार्यसत्रको दोश्रो चरणमा सहकारी क्षेत्रको प्रवद्र्धनमा औपचारिक शिक्षा प्रदेश तथा स्थानीय तहसँग सहकार्य विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका उपकलपति प्रा. डा. उपेन्द्र कोइरालाले प्रस्तुती गर्नुभएको थियो भने सो कार्यसत्रको मोडरेशन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतिको क्रममा प्रा. डा. कोइरालाले व्यवसायिक क्षमता वृद्धिको लागि दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको चर्चा गर्दै सहकारीलाई विधाको रूपमा विद्यालय तथा विश्वविद्यालयमा विभिन्न तहको पाठ्यक्रम निर्माण गरी अध्ययन, अध्यापन गर्न गराउनु जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।

२०७६ वैशाख २० र २१ गतेसम्म संचालन हुने उक्त गोष्ठीको दोश्रो दिन सहकारी क्षेत्रको प्रवद्र्धनमा सहकारी मैत्री कानुन तथा नीतिहरु विषयमा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले गर्ने र सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानिय सरकारको भूमिका, समन्वय तथा सहकार्य विषयमा प्यानल छलफल गरिने कार्यक्रम समेत रहेको छ ।

share this post: