News & Events

Image

सहकारी वहुआयामिक क्षेत्र भएकोले स्थानीय सरकारहरुलाई सहकार्य गर्न सुझाव

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोग, राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा जिल्ला सहकारी संघ लि. दैलेखको संयोजनमा २०७६ वैशाख २३ गते दैलेखकमा जिल्लाका स्थानीय सरकार र सहकारीहरु विच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा समुदघाटन मन्तव्य राख्दै कर्णाली प्रदेश सभाका सदस्य अमर बहादुर थापाले सहकारी मार्फत बहुआयामिक कार्य गर्न सकिने सम्भावना रहेको वारे चर्चा गर्दै सहकारीहरुको दक्ष्यता विकासको लागि स्थानिय सरकारले कार्य गर्न सुझाव दिनुभयो । साथै उहाँले कृषिमा आत्मनिर्भर हुन सहकारीको आधारमा काम गर्न आफू प्रतिवद्ध रहेको जानकारी दिदै सहकारीलाई मूल मियो मानेर अगाडि बढेमा समृद्ध गाउँ बनाउन सकिने विश्वास व्यक्त गर्नु भयो । सो अन्तक्रियामा सहभागी स्थानिय निकायका प्रतिनिधिहरु त्था अगुवा सहकारीकर्मीहरुलाई स्वागत अभिवादनका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जिल्ला सहकारी संघ लि. दैलेखका उपाध्यक्ष भूपेन्द्र कुमार खड्काले स्थानिय तहमा भएका सहकारीहरुलाई प्रोत्साहन गर्दै साथमा लिएर जान जनप्रतिनिधिहरुलाई बुझाउने कार्यक्रमको उद्देश्य रहेको वताउनुभयो । राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहालको अध्यक्षतामा सम्पन्न सो अन्तक्रियाको प्रमुख आतिथ्यता कर्णाली प्रदेश सभाका सदस्य माननीय अमर बहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष तेज वहादुर थापाले जिल्ला सहकारी संघ दैलेखको स्थापना, वर्तमान अवस्था र सहकारीको महत्व विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थिया भने महासंघका नायव महाप्रवन्धक बाबुल खनालले सहकारी प्रवद्र्धनमा स्थानिय तहको भूमिकाः सहकार्य र समन्वय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको दोश्रो शत्रमा आयोजित प्यानल छलफलमा महासंघका नायव महाप्रवन्धक वावुल खनालले मोडरेसन गर्नु भएको थियो भने भगवती माई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापा, चामुण्डा विन्धवाशिनीका उपप्रमुख तारा शाही र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दैलेखका अध्यक्ष दिपक हमाल लगायतका प्यानलिष्टहरुले आआफ्ना क्षेत्रमा सहकारी सम्वन्धी भएगरेका क्रियाकलापहरुको वारेमा जानकारी गराउदै स्थानिय सहकारी ऐन अधिकांश पालिकाहरुमा निर्माण भएको, सहकारी मार्फत स्वरोजगारका क्रियाकलापहरु संचालन गर्न बजेट विनियोजन गरिदै आएको जानकारी दिदै आगामी दिनमा सहकारी मार्फत थप क्रियाकलापहरु संचालन गर्न जिल्ला सहकारी संघसँग समन्वय गर्ने, सहकारीमा बजेट वद्धि गर्ने, सहकारीहरुलाई थप व्यवस्थित गराएर लैजाने र आपसी सहाकार्य गर्ने प्रतिवद्धताहरु व्यक्त गरेका थिए ।

प्यानल छलफलकै क्रममा सहभागीहरूको तर्फबाट एकीकरण प्रक्रिया, सहकारी नियमावली, शिक्षा तालिममा सहयोग सहकारी तथ्याङ्क सम्बन्धी समस्या, उत्पादनको बजारीकरण र सहकारी मार्फत नविकरणीय उर्जा आदि विषयहरुमा सुझाव तथा जिज्ञासा व्यक्त गरेका थिए भने सहभागीका जिज्ञासा र सुझावहरु प्यानलिष्टहरुले सहर्ष स्वीकार गरी आगामी कार्यक्रममा प्रतिविम्वित गर्ने प्रण गरेका थिए ।

प्यानल छलफलको निष्कर्श स्वरुप सहकारी संस्थाहरुको प्रवद्र्धन र विकासको लागि जिल्ला सहकारी संघसँग समन्वय गरेर जान तयार पालीकाहरु त्यार रहेको, बहुउद्देश्यीय बजेट विनियोजन गरी सहकारी संस्थाहरु मार्फत जिविकोपार्जनका क्रियाकलापहरु संचालन गर्नसंभाव्य देखीएको, सहकारीहरुको क्षमता विकास गरी सक्रियता बढाउन र सुशासन कायम गर्न सहकारीहरु प्रतिवद्ध रहेको, पालिका स्तरमा सहकारी समन्वय संजाल गठन गरी सरोकारवालाहरुसँग समन्वय र सहकार्यको लागि गर्न प्रोत्साहन गर्ने, सहकारी तथा गरिवी निवारण सूचना व्यवस्थापन प्रणालीमा आ–आफ्ना पालिका अन्तरर्गतका सहकारी संस्थाहरु आवद्ध गर्न गराउन सहयोग पु¥याउने, नविकरण उर्जा प्रवद्र्धन गर्ने र सहकारी मार्फत लगानी विस्तार गर्न गराउन प्रोत्साहन गर्न, सहकारी संस्थाहरु विच एकीकरण गरी व्यवसायिकता विकास गर्ने कार्यमा सहयोग पु¥याउने, पालिका र सहकारी संस्थाहरु विच समन्वय, सहकार्य र साझेदारिता विकास गरी गरिविको निकास दिने, दिगो विकास लक्ष्य हासिल गर्न, सहकारी मैत्री ऐन, नियम वनाउनको लागि स्थानीय सरकार र सहकारीहरुले आपसी सहकार्य र समन्वय गर्न तयार रहेको प्रतिवद्धता सामूहिक रुपमा स्थानिय सरकारका प्रतिनिधि तथा अगुवा सहकारीकर्मीहरुले व्यक्त गरेको थिए ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहालले कार्यपत्र प्रस्तोताद्वाय, प्रमुख अतिथि लगायत उपस्थित सवै महानुभावहरु तथा सहयोगी निकायहरु सवैलाई धन्यवाद दिदै स्थानिय तहले सहकारी जानेवुझेको छैन भन्ने आफ्नो बुझाई गलत रहेको भन्दै कार्यक्रममा स्थानिय तहका प्रतिनिधिहरुको भावना सहकारीमैत्री रहेकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले स्थानिय तहले कानुन बनाउँदा जिल्ला सहकारी संघ र संस्थाहरुसँग समन्वय गरी जान सुझाव दिनुभयो ।

दैलेख जिल्लाका ११ मध्ये १० वटा पालिकावाट प्रतिनिधित्व गर्दै प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखहरु तथा जिल्लाका अगुवा सहकारीकर्मी गरी करिव ७० जनाको सहभागीतामा सम्पन्न सो अन्तरक्रियाको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ दैलेखका सचिव लव बहादुर शाहीले गर्नुभएको थियो ।

share this post: