News & Events

Image

कोपोमिस सम्बन्धी एक दिवसीय तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली(कोपोमिस) सम्बन्धी एक दिवसिय अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । सहकारी विभागको सहयोगमा भएको सो तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव प्रसाद बडालले गर्नुभएको थियो । ०७६ वैशान २७ गते ललितपुरको पुल्चोकस्थित महासंघको सभाहलमा सहकारी विभागको सहयोगमा सञ्चालन भएको सो तालिमलाई संबोधन गर्दै महासंघका अध्यक्ष बडालले सहकारी संघ÷संस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण भएको जिकिर गर्नुभयो ।
सहकारी संघ÷संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वासनीय अनलाइन प्रविधि भएको स्पष्ट पर्नुभयो । साथै उहाँले व्यक्तिमा निहित ज्ञानलाई तालिमले समय सापेक्ष र ताजा बनाइराख्ने बताउँदै सहभागीहरुलाई सक्रिय सहभागीतासहित अधिक लाभ लिन आग्रह गर्नुभयो ।
त्यस्तै महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा विद्यमान धेरै समस्याहरुको पहिचान र समाधानका लागि कोपोमिसले योगदान दिने बताउनुभयो । मल्लले नेपालको सहकारी आन्दोलनको आयामिक विकासमाथि प्रकाश पार्दै कोपोमिसले गुणात्मक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सो तालिममा महासंघका का.मु महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनाल, बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी लगायतको उपस्थिति थियो ।

share this post: