News & Events

Image

‘सहकारीकर्मी चनाखो हुनुपर्छ’

राष्ट्रिय सहकारी महासंघको आयोजनामा २९ बैशाखबाट शुरु भएको दुई दिवसीय सम्पत्ति सुद्धिकरण निवारण अभिमुखीकरण तालिम सोमबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष केशव बडालले आतंकवादी गतिविधिहरुमा कालो धनको प्रयोग भैरहेकाले सहकारीलाई कसैले पनि सम्पत्ति शुद्धिकरण गर्ने माध्यम बनाउन नदिनका लागि सहकारीकर्मी चनाखो हुनुपर्ने बताउनुभयो ।उहाँले २०७४ सालमा सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघ÷संस्थालाई जारी गरेको निर्देशन बमोजिम सहकारी संघ÷संस्थाले आन्तकिर नीति तथा कार्यविधि तर्जुमा गरेर लागु गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । सोमबार नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नुभएको थियो । उहाँले सम्पत्ति शुद्धीकरण आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध अपराध निवारण प्रणालीको प्रभावकारी कार्यन्वयनका लागि संस्थागत संरचना तथा प्रभावकारीता सम्बन्धी व्यवस्था वा रणनीति समावेश गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । दाहालले नक्कली नोट पहिचानको विषया समेत जानकारी दिनुभएको थियो ।
दुई दिने तालिमले संस्थालाई नीति नियममा रहेर अझे बलियो बनाउन सकिने रैछ भन्ने कुरा बुझ्ने अवसर प्राप्त भएको नवरस साकोसकी अनिता कोइरालाले बताउनुभयो । त्यसैगरि लक्ष्मीधारा साकोसका सुदर्शन बजगाईले सम्पत्ति शुद्धीकरणमा सहकारीको भूमिका र आफूले पुरा गर्नुपर्ने कर्तव्यको विषयमा जानकारी पाएको बताउनुभएको थियो । समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेफ्स्कूनका महासचिव चन्द्र ढकाल, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, महासंघका का.मु महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाको समेत उपस्थिति थियो ।
आइतबार महासंघका अध्यक्षले उद्घाटन गरेपछि प्रशिक्षण शुरु भएको थियो । आइतबार
नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपाल, सहकारी विभागका उप रजिष्ट्रार नारायाण अर्यालले प्रशिक्षण दिनुभएको थियो । सो कार्यक्रममा करिब १ सय सहकारीकर्मीको सहभागीता रहेको थियो ।

share this post: