News & Events

Image

संचारकर्मीसँग अन्तक्रिया

राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारीमा सूचना सम्प्रेषण सम्बन्धी पत्रकारसँग अन्तक्रिया कार्यक्रम २०७६ बैशाख २९ गते सम्पन्न भएको छ । सो कार्यक्रममा सहकारीकर्मी र संचारकर्मीबिच अन्तक्रिया भएको थियो । सहकारी विभागको सहयोगमा भएको सो कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालले गर्नुभएको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालक चन्द्र ढकाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी बैंक लि.का सिइओ बद्री गुरागाई, राष्ट्रिय सहकारी महासंघ लि. का कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहाललगायतले आफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

share this post: