News & Events

Image

महासंघसँग म्यानमार सहकारीकर्मीको अन्तरक्रिया

नेपालको सहकारी अभियानको अध्ययन तथा अवलोकन भ्रमणमा आएको म्यान्मारका सहकारीकर्मीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ राष्ट्रिय सहकारी महासंघ लि.द्वारा पुल्चोक, ललितपुरमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष केशव प्रसाद बडाललगतय सञ्चालक र पदाधिकारीहरुले उनीहरुलाई स्वागत गर्नु भएको हो ।

सो कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्ने क्रम उहाँले म्यान्मार र नेपाल बीचमा लामो र ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै नेपालीहरुलाई म्यान्मारमा उच्च सम्मान रहेको स्मरण गर्नुभयो । म्यान्मारको विकासका लागि सहकारी बृहद सञ्जाल उपयुक्त हुने विचार व्यक्त गर्दै अध्यक्ष बडालले सहकार्य र सद्भावनाका लागि सहकारी उत्कृष्ट माध्यम हुने र नेपाल–म्यान्मार बीचको सम्बन्धलाई समृद्ध बनाउन सहकारी–सहकारी बीचको सहकार्य धेरै मूल्यवान सावित हुने बताउनुभयो ।

नेपालमा जस्तै म्यान्मारमा पनि अब सहकारीको विकासले गति लिने विश्वास व्यक्त गर्दै सहकारी अझ झाँगिने वातावरण निर्माण भइरहेको सन्दर्भमा एक अर्काबाट सिक्दै अगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

महासंघका का.मु महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले नेपालको सहकारी अभियानको समग्र विकास क्रमलाई बुंदागत रुपमा प्रस्तुति गर्नु भएको सो कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत सुरेश थापाले गर्नु भएको थियो ।

कार्यक्रममा म्यानमारका सहकारीकर्मीहरुबाट सहकारी ऐन, २०७४ तर्जुमाका सन्दर्भमा सरकार र अभियान बीच कस्तो समन्वय भएको थियो र महासंघको भूमिका कस्तो रहेको थियो भन्ने जिज्ञाषा राखेका थिए । साथै नेपालको सहकारी अभियानका चुनौतिहरुका बारेमा समेत सो टोलीले जिज्ञाषा राखेको थियो । सोही अवसरमा म्यान्मारबाट आएको सहकारी अवलोकन भ्रमण टोली र नेपाली सहकारी अभियन्ताले आ–आफ्नो देशको संस्कृति झल्कने उपहार आदान–प्रदान गर्नु भएको थियो । 

share this post: