News & Events

Image

म्यानमारका सहकारीकर्मीको अध्ययन भ्रमण

म्यान्मारका सहकारीकर्मीहरुको एउटा टोलीले नेपाली सहकारी अभियानको अध्ययन भ्रमण गरेका छन् ।डिसिओ हेड अफिसका उपमहानिर्देशक थाउङ्ग नाइङ्गको नेतृत्वमा आएको १६ सदस्यीय म्यानमारका सहकारीकर्मीहरुले यही माघ ८ गतेदेखि साताव्यापी रुपमा नेपाली सहकारी अभियानको स्थलगत अध्ययन भ्रमण गरेका हुन् । अध्ययन भ्रमणकै क्रममा उनीहरुले सहकारी विभागको २०७५ माघ १० गते भ्रमण गरि अन्तक्रिया गरेका थिए ।

म्यानमारका सहकारीकर्मीहरुलाई विभागका रजिष्ट्रार शिव कुमार कार्की, उपरजिष्ट्रार नारायण प्रसाद अर्याल, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य उपेन्द्र बहादुर ढुङ्गाना लगायतले स्वागत गर्नु भएको थियोे ।

सो कार्यक्रममा म्यान्मारका सहकारीकर्मीहरुले नेपालको समग्र सहकारी क्षेत्रको विकासमा केन्द्रित भएर विभिन्न जिज्ञसा राखेका थिए र विभागका रजिष्ट्रार कार्कीले नेपालको सहकारी क्षेत्रमा भइरहेको विकास र विद्यमान कानूनी अवस्थाको विविध पक्षका बारेमा अवगत गराउनु भएको थियो । उहाँका अनुसार नेपाली सहकारी अभियानमा दोहोरो सदस्यता चुनौतिका रुपमा रहेको र निष्कृय सहकारी संस्थाहरुलाई सक्रीय गराउनका लागि  विभागले नीतिगत रुपमा पहल गरिरहेको र प्रवद्र्धनात्मक अवस्थालाई पार गर्दै नेपाली सहकारी अभियान अब उद्यमशीलतातर्फ उन्मुख भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

सोही अवसरमा म्यानमारका सहकारीकर्मीहरुका टीम लिडर डिसिओ हेड अफिसका उपमहानिर्देशक थाउङ्ग नाइङ्गले नेपाल र म्यानमारको सहकारी अभियानको तुलना गर्दै आफ्नो देशमा सहकारी संघ÷संस्थाहरुको लेखा व्यवस्थापन लगायतका नीतिगत र व्यवस्थापकीय कार्यहरुमा सरकारले नै प्रत्यक्ष सहयोग गरिरहेको जानकारी दिनुभयो ।

यसैगरी म्यानमारका सहकारी प्रतिनिधिहरुको सो टोलीले राष्ट्रिय सहकारी बैंक लि.(एनसिबीएल)को कुपन्डोल स्थित कर्पोरेट कार्यालयको अबलोकन भ्रमण गरेको छ । ऋय(यउभचबतष्खभ म्भखभयिऊभलत ँयगलमबतष्यल या ऋबलबमब एचयवभअत को सहयोगमा आएका म्यानमारका प्रतिनिधिहरुले बैंकको कर्पोरेट कार्यालयको अबलोकन भ्रमण गरेका हुन् ।

एनसिबीएलका तर्फबाट अध्यक्ष के. बि. उप्रेती सहित सञ्चालक समितिका पधाधिकारी एबम् बैंक व्यवस्थापनका उच्च पदस्थ कर्मचारीहरुले संयुक्त रुपमा अतिथिहरुलाइ स्वागत गर्नु भएको थियो  ।

अबलोकन कार्यक्रममा बैंकका अध्यक्ष के. बि. उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईं लगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अबसरमा उहाँहरुलाई प्रमुख कार्यकारी अधिकृत गुरागाईले एनसिबीएलको परिचय, बैंकिङ्ग सेवा, कार्ययोजना तथा सञ्चालन, कार्यक्षेत्र जस्ता बिषयमा जानकारी गराउनु भएको थियो । सो टोलीले एनसिबीएलले नेपाली सहकारी अभियानमा निभाएको भूमिका सम्बन्धमा प्रसंशा गर्दै आफ्ना सुझावहरु राख्नु भएको थियो ।

त्यस्तै म्यान्मारका सहकारीकर्मीहरुको सोही टोलीले सांस्कृतिक तथा पर्यटकीय शहर भक्तपुरमा सञ्चालित बाराही बचत तथा ऋण सहकारी संस्था लि.को समेत स्थलगत अध्ययन÷अवलोकन गरेको छ । सो टोलीलाई संस्थाका अध्यक्ष बलराम प्रजापतिले स्वागत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष राधेश्याम सुवालले बाराही साकोसले स्थापनाकालदेखि हालसम्म आफ्ना सदस्यहरुका लागि सञ्चालन गरेका विभिन्न रचनात्मक कार्यहरुको पावर पोइन्ट मार्फत प्रस्तुति गर्नु भएको थियो । उहाँका अनुसार बाराही साकोस समुदायको पहिलो छनौटको उत्कृष्ट बित्तीय संस्था हुनुकासाथै आफ्ना सदस्यहरुलाई आधुनिक प्रविधियुक्त प्रतिस्पर्धात्मक गुणस्तरीय सेवा वित्तीय दिंदै आइरहेको छ । सो कार्यक्रममा दुबै देशका सहकारीकर्मीहरु बीचमा सहकारी सम्बन्धी विविध विषयहरुमा अन्तर सम्वाद समेत भएको थियो ।

share this post: