News & Events

Image

नव निर्वाचित पदाधिकारी तथा संचालकलाई स्वागत तथा बधाई

राष्ट्रिय सहकारी महासंघ लि. नेपालले राष्ट्रिय सहकारी बैंक लि.का नवनिर्वाचित पदाधिकारी तथा संचालकहरुलाई मिति २०७५ माघ २१ गते स्वागत तथा बधाई ज्ञापन गरेको छ । गत पुस २२ र २३ गते काठमाडौंमा भएको १५ बार्षिक साधारण सभाबाट राष्ट्रिय सहकारी बैंकको अध्यक्ष पदमा निर्वाचित केवी उप्रेतीलगायत नवनिर्वाचित संचालक सदस्यहरुलाई महासंघका अध्यक्ष केशव बडालले बधाई दिनुभएको हो ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, महासंघका उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलगायतले बैंकका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिनुभएको थियो ।

सो अवसरमा राष्ट्रिय सहकारी विकास बोर्डको विशेषज्ञ सल्लाहकारमा नियुक्त हुनुभएका ढाकाराम अर्याललाई समेत स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष बडालले सहकारी क्षेत्रलाई परिणामूखी उपलब्धी दिलाउनका लागि बैंकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बैंकको संचालक समितिमा सातै प्रदेशसहित सबै क्षेत्रको प्रतिनिधित्व भएको र ३३ प्रतिशत महिलाको सहभागीता भएको बताउँदै बैंकले आगामी दिनमा सहकारी क्षेत्रमा अझ महत्वपूर्ण योगदान दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले नेपालको पहिलो सहकारी बखानदेखि सर्वाधिक धेरै १ लाख ४१ हजार सदस्य भएको संस्था साहारा नेपालसमेत बैंकको संचालकमा प्रतिनिधित्व भएको बताउँदै सहकारी अभियानको विकास र विस्तारमा यो समितिले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो बधाई कार्यक्रममा बंैकका नवनिर्वाचित अध्यक्षसहित सदस्य सरिता भट्टराई, रामहरि बजगाई, ज्ञानबहादुर तामाङ,केदार मानन्धर,पार्वती रानाको उपस्थिति थियो ।

कार्यक्रमको सहजिकरण कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गर्नुभएको थियो कार्यक्रममा नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।

share this post: