News & Events

Image

प्रदेश ५ मा सहकारी सम्बन्धी प्रादेशिक गोष्ठी सम्पन्न

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्यात्मक विकास भन्दा गुणात्मक विकासमा जोड दिनुभएको छ । सहकारीको संख्या उल्लेख्य भएपनि गुणात्मक विकासमा ध्यान नपुगेको उहाँको भनाइ थियो ।

मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी विकास वोर्डको संयुक्त आयोजनामा प्रदेश नं ५ का लागि रुपन्देहीको वुटवलमा “सहकारी क्षेत्रको प्रवद्र्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन र प्रदेश तथा स्थानीय तहको भूमिका विषयक मिति २०७५ माघ ५ र ६ गते भएको प्रादेशिक गोष्ठीेमा बोल्दै अर्यालले सहकारीका माध्यमबाट संघ, प्रदेश र स्थानीय तहहको विकास हुने बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानले लागत अनुरुप मूल्य नपाउने र उपभोक्ताले गुणस्तरीय वस्तु र उचित मूल्यमा वस्तु नपाउने आजको परिस्थितिमा सहकारीमार्फत कृषिउपजको बजारीकरण हुनुपर्ने विचार व्यक्त गर्नुभयो । राष्टिय किसान आयोगका सदस्य तथा राष्टिय सहकारी महासंघका संचालक रविन्द्र के।सीले कृषि प्रधान मुलुक हाम्रो देशको कृषि रुपान्तरणमा सहकारीको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । गोष्ठीको शुभकामना मन्तव्य व्यक्त गर्दै वुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अर्गा्निक तरकारी उत्पादन र धानको भण्डारण गरी किसानहरुलाई उचित मूल्य दिलाउन सहकारीमार्फत उपमहानगरपालिकाले दुईवटा पाइलट परियोजना संचालन गर्न लागेको जानकारी दिनुभयो ।

महासंघका संचालक चन्द्र प्रसाद ढकालले मन्तव्य राख्दै गोष्ठीले ऐन,नियमावली, कार्य्विधि सहकारी मैत्री वन्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको स्वागत मन्तव्य महासंघका संचालक भिम तुलाचन र धन्यवाद मन्तव्य टिका वुढाथोकीले गर्नुभएको थियो ।कार्यक्रममा मूख्य कार्यपत्र सहकारी क्षेत्रको प्रवद्र्धनमा सहकारी मैत्री कानुनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै महासंघको अध्यक्ष केशव वडालले संविधानको स्प्रिट अनुरुप संघीय सहकारी ऐन, २०७४ संग नवाझिने गरी प्रदेश तथा स्थानीय ऐन निर्माण गर्नुपर्ने, ऐन निर्माणमा सरोकारवालासंग छलफल गर्नुपर्ने, स्थानीय तथा प्रदेश तहमा सहकारीको प्रतिनिधित्व हुनुपर्ने भन्दै सहकारी मार्फत अन्य मुलुकको अर्थतन्त्रको विकास भएको उदाहरणहरु प्रस्तुत गर्नुभयो ।

राष्टिय सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी व्यवसायिकतामा जानुपर्ने विचार व्यक्त गर्दै आवास सहकारीको सम्भावना रहेको कुरामा जोड दिनुभयो । दोश्रो कार्यपत्र राष्टिय सहकारी नीतिको कार्यान्वयन विषयमा डा। ज्ञानेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो भने उक्त शत्रको अध्यक्षता राष्टिय सहकारी विकास वोर्डका सदस्य सचिव चक्र वहादुर पराजुलीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश नं ५ को १२ जिल्लाकै प्रदेश तथा स्थानीयतहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृतहरुका साथै केन्द्रिय तथा जिल्ला स्तरीय सहकारी संघ संस्थाहरुबाट २ सय १२ जनाको सहभागिता रहेको थियो ।  जसमा ११५ जना त जनप्रतिनिधि नै रहनुभएको थियो ।

 कार्यक्रमको उद्घाटन शत्र महासंघका कामु महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाड सुव्वाले र कार्यशत्र कार्यक्रम अधिकृत सुरेश थापाले संचालन गर्नुभएको थियो ।

share this post: